मुख्यमन्त्रीलाई मुख छाड्दा मन्त्री पद धरापमा

keshav-shapit-minister-post-in-danger

नेकपाका नेता केशव स्थापित सधै जसो विवादमा परिरहनुहुने नेता हुन् । उनका क्रियाकलापले गर्दा उनि विवादमा परिरहन्छन् । पुनह क्षेत्र न. ३ का मुख्यमन्त्रीलाई नेता केशवले अनावशेक अभद्र व्यवहार देखाएर विवादमा परेका छन् ।

पहिले नि नेपालमा महिला हिंसा विरुद्धको “मि टु” अभियान हुँदा नेता केशव दुई महिलाको यौन दुव्र्यवहारको आरोपले विवादमा परेका थिए । शाखा अधिकृत रश्मिला प्रजापति र संचारकर्मी उज्ज्वला महर्जनले नेता केशव जब काठमाण्डौंको मेयर पदमा थिए तब तिनले आफ्नो पदको गलत प्रयोग गरि दुव्र्यवहार गर्न खोजेको भनि आलोचना गरेका छन् ।

किन नेता केशवको पद धरापमा छ त ?

बुधवार मन्त्रीपरिषद्को बैठक समाप्त भए पश्चात् प्रदेश न. ३ का भौतिक तथा पूर्वाधार विकास मन्त्री केशव स्थापितले मुख्य मन्त्री डोरमणी पौडेललाई केहि समय लगातार मुख छाड्दै गाली गरेका थिए ।

नेता केशव चुनावको समयमा मुख्यमन्त्रीको पदका लागि उठेका थिए र त्यसका लागी यिनले धेरै प्रचार नि गरेका थिए । यति गर्दा समेत आफूले सो पद हासिल गर्न नसकेको र मुख्यमन्त्री पौडेल भएका कारण मन्त्री स्थापितले धेरै पटक मुख्यमन्त्री पौडेल संग विवाद गरि सकेको र गरिरहेको हामी देख्दछौं ।

बुधवार मन्त्रीपरिषद्मा नेता केशवले मुख्यमन्त्री पौडेल संग गरेको घृणीत् व्यवहारको बारेमा जानकारी मन्त्रीपरिषद्को बैठकमा गएका प्रदेश न. ३ का एक नेताले दिनु भएको हो ।

यस पटक उनले गरेको दुव्र्यवहारले उन्लाई नै गाह्रो बनाएको छ । जानकारी बमोजिम उनले गरको महिला माथिको यौन दुव्र्यवहार र मुख्यमन्त्रीलाई गरेको घृणीत व्यवहारको कारण उनलाई मन्त्री पदबाट बर्खास्त गरिनेछ । यसै बिषयलाई लिएर मुख्यमन्त्री पौडेल काठमाण्डौं आउँदै हुनुन्छ ।

Facebook Comments