सप्तरीमा मुख्यमन्त्री द्धारा “बेटी पढाउ बेटी बचाउ अभियान” अन्तर्गत साइकल वितरण

minister-distribute-cycle

बिहिबार सप्तरीको बलानबिहुल गाउँपालिकामा प्रदेश नम्बर २ को सरकार द्धारा सञ्चालन भएको “बेटी पढाउ बेटी बचाउ” अभियान अन्तर्गत साइकल वितरण गरेको छ ।

उक्त आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश न २ क्षेत्रका सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययन गरिरहेका ७० जना छात्रालाई साइकल वितरण गरेका छन् ।

“बेटी पढाउ बेटी बचाउ” अभियान समग्र विकासको लागी र सामाजिक रुपान्तरणको लागी निकै नै आवश्यक रहेको मुख्यमन्त्रीले आयोजना भएको सो कार्यक्रममा व्यक्त गरेका थिए ।

मुख्यमन्त्रीले अभियानमा आफ्नो नाम समेटिए पनि कार्यक्रममा सबैको सहभागिता र सहयोग आवश्यक रहेको उनले बताएका छन् ।

Facebook Comments