झापामा माछा मार्दा अजिङ्गर फेला परेको छ

anaconda-found-in-jhapa

दुर्लभ मानिने अजिङ्गर सर्प झापाको अर्जुनधारा नगरपालिका–४ मा माछा मार्ने क्रममा फेला परेको छ ।

झापाका एक स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेको जानकारी डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले दिनुभएको हो ।

भेटिएको अजिङ्गरको तौल करिब ८ के.जी र लम्बाइ ६ फिट छ, स्थानीयले त्यो सर्पलाई प्रहरी चौकीमा बुझाएका छन् ।

वन कार्यालयको निर्देशनमा अजिङ्गरलाई संरक्षणका लागी अर्जुनधारा–१, स्थित हलुवागढ समुदायिक वनलाई हस्तान्तरण गरिने प्रहरी नायब निरीक्षक राजन खड्काले बताउँनुभयो ।

Facebook Comments