किन सुधाले अर्ध नग्न अवस्थामा आत्महत्या गरिन् – ब्रा र पेन्टिमा मात्र लाश रुखमा झुन्डिएको थियो

hanging-half-naked-dead-girl-found

काभ्रेपलान्चोक जिल्ला पनौती–५ आइटी पार्क नजिकको जंगलमा एउटी मृत युवती अर्ध नग्न शव रुखमा झुन्डिरहेको सोमवार बिहान स्थानीय बासिन्दाले देखे पछि तुरुन्त प्रहरीलाई सम्पर्क गरेका थिए ।

२१ बर्षीया मृत युवतीको घर पनौती–१२, भूमि डाँडामा रहेको र हाल पनौती–५ आइटी पार्क नजिकै बस्दै आएकी थिइन् भन्ने खुलासा भएको छ ।

उनको शव घरबाट लगभग ३०० मिटर टाढा जंगलमा अर्ध नग्न शरिरमा सलले झुण्डिएको अवस्थामा फेला परेको थियो । यस्तो अवस्थामा देख्दा सबैको मनमा प्रश्न उठेको छ कि उनले के साँचै नै आत्महत्या गरेकी हुँन् र ?

अर्ध नग्न अवस्थामा शव फेला परेकाले आत्महत्या गरेकी हुँन कि उनको हत्या भएको हो केहि खुलासा हुँनसकेको छैन ।
देश भरि बलात्कार र हत्याको घटना घटि रहेको बेला एक युवतीको शव ब्रा र पेन्टी मात्र लगाएर झुण्डिएको फेला पार्दा पुलिस यस बिषयमा अलि सचेत भएको देखिन्छ ।

त्यस घटनाको समय जिल्ला प्रहरी कार्यलय, काभे्रका प्रहरी प्रमुख बिकट क्षेत्र डाँडापारि गएका कारण घटनाको निरिक्षण र अनुसन्धानका लागी घटना स्थलमा प्रहरी नायब उपरीक्षक दिपक गिरी गएका थिए ।

दिपक गिरी घटना स्थलमा पुग्नु अघि इलाका प्रहरी कार्यलय, बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्राई त्यहाँ पुगिसकेका थिए । घटना स्थलमा उनले शव नजिकै सुधाले लगाएको पाइन्ट, ज्याकेट र ट्राउसर भेटेका थिए ।

डीसपी गिरीका भनाइ अनुसार शवको हुलीया हेर्दा बलात्कार गरेर मारेको जस्तो देखिए पनि चेक जाँचमा भने करणी गरेको कुनै संका देखिएको छैन ।

सुधाकी आमा संग उनको बिषयको कुराहरु खोतल्दा उनी घरबाट झगडा गरेर हिँडेकी थिइन भन्ने खुलासा भयो ।
सुधा काभ्रेको बहुमुखी क्याम्पसमा बिए दोस्रो सालमा पढ्दै थिइन् । एकादसी भएका कारण उनकी आमा र पाहुँना आएकी उनकी सानु–आमाले कलेज नजान आग्रह गरेका थिए र त्यही सानो कुरामा बिवाद गरेर सुधा घरबाट निस्केकी थिइन् भनेर उनकी आमा बताउँछिन् ।

उनकी आमाले रुदै भनिन् “यस्तो हुँन्छ भन्ने थाहा पाएको भए त किन भन्ने थिए र म”
सुधाको दाजुले यो आत्महत्या हो भनेर स्वीकार गरेका छन् र साथै पोष्टमार्टम भएको शवको पनि दाहसंस्कार भइसकेको छ ।

दाहसंस्कार भइसके पनि सुधाको सामानहरु र फोनको कल डिटेलहरु खेतल्दै प्रहरी अझै अनुसन्धान भने गरिनै रहेको छ ।

Facebook Comments