ड्रोनको प्रयोग गरेर पुलिसलाई छलेर ब्राउन सुगरको कारोबार गर्ने पक्राउ

drug-smuggler-caught

ब्राउन सुगरको कारोबार पुलिसबाट बच्नको निम्ती ड्रोनको प्रयोग गर्ने एक जना पक्राउ परेका छन् । ड्रोन प्रयोग गरेर लागुऔषध कारोबार गर्ने धरानका जिनिश गुरुङ पक्राउ परेका हुँन् ।

काठमाण्डौं परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले उनलाई प्रहरीले उन्कै कोठाबाट पक्राउ गरेको जानकारी दिनुभयो । “प्रारम्भिक अनुसन्धानमा उनले ड्रोनबाट बिभिन्न स्थानको गतिविधि मोनिटर गरेर मात्रै ब्राउन सुगर बिक्री वितरण गर्ने गरेको देखिएको छ ।” भनि उनले बताउनु भयो ।

डीएसपी बोगटीका जानकारी अनुसार प्रहरीले उनलाई ३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो भने साथै उनको कोठाबाट ब्राउन सुगरको तौल गर्ने सामाग्री पनि बरामद भएको थियो ।

प्रहरीले बरामद गरेको उनको ड्रोनमा उनको घर वरीपरीका दृश्य उक्त ड्रोनको फुटेजमा रहेको डीएसपी बोगटी जानकारी दिनुभएको थियो । कुनै–कुनै ड्रोनको फुटेजमा खोलाको आसपास अनि टाढा–टाढा सम्मको दृश्य पनि रहेको देखिन्छ । यि दृश्यहरुलाई मध्य नजर गर्दै प्रहरीले उनले प्रहरीलाई निगरानी गरेर मात्रै कारोवार गरेको निष्कर्ष निकालेको हो ।

Facebook Comments