बुवा र छोराको हत्याले सनसनी – दुवै जनाको आँखा फुटाइएको

son-and-father-were-killed

खलिलाबाद कोतवाली पुलिस चौकी क्षेत्रको बाँसगाउँ निवासी बुवा र छोराको सोमबार मध्य रात तिर हत्या गरिएको थियो । हत्याराहरुले दुवै जनाको आँखा नि फुटाइ दिएका थिए । मुखमा पनि घाउका निसानहरु थिए । दुवै बुवा र छोराको लाश अलग अलग ठाउँहरुमा भेटियो । घटनाको सुचनामा डीआइजी बस्ती र एसपीले अनुसन्धान गर्नुभएको थियो । भारतीय कोतवाली पुलिसले दुवै लाश पोष्टमार्टमको लागी पठाइसकेका छन् ।

यस घटनामा पुलिसले मृतक ओम प्रकाशको छोरा शैलेशको निवेदनमा अज्ञात व्यक्तिको बिरुद्ध हत्याको मामलालाई दर्ता गरेको छ । भारतीय एसपीले बताउँनु भयो की, ओम प्रकाश पाण्डे बिजनौर जिल्लामा सिपाहिको पदमा तैनाथ थिए र कुनै कारणले गर्दा बर्खास्त गरिएका थिए ।

मंगलवार बिहान केहि व्यक्तिहरु कोतवाली क्षेत्रको डडवा गाउँको निजिक नहरको बाटो हुँदै हाइवे तिर जाँदै थिए । त्यही समय उनीहरुको नजर नहरमा भएको एउटा बाइक र एक युवकको लाशमा पर्यो । मानिसहरुले बाइकको नम्बर वेबसाइटमा खोज्दा बाइक मालिकको नाम ओमप्रकाश पाण्डे निवासी बाँसगाउँ कोतवाली खलिलाबादको निस्कीए । मानिसहरुले यस घटनाको खबर ओम प्रकाश पाण्डेको परिवारलाई गर्दिएका थिए ।

ओम प्रकाशको कान्छो छोरा शैलेश त्यही समय नहरमा पुगे र नहरमा भएको युवकको लाश उनको दाजु जैनेद्र पाण्डेको हो भनि बताएका थिए ।

शैलेशले बताएकी सोमवार राती उनका बुवा र दाई खलिलाबादको लागी निस्केका थिए र उनीहरु संग रातीको ११ः३० बजे सम्म पनि मोबाइलमा कुरा भइरहेको थियो । त्यस पछि मोबाइलमा घण्टी जाँदा समेत फोन उठेको थिएन । शैलेशको बुवाको फोन भने स्विच अफ भनिरहेको थियो ।

त्यसकै अर्को दिन मंगलवार बिहान नेश्नल हाइवे स्थित बुधा चौराहामा एउटा व्यक्तिको लाश फेला परेको थियो । लाशको अनुहारमा गम्भीर चोटका निसानहरु थिए । लाशको पहिचान ओम प्रकाश पाण्डे बाँसगाउँ निवासीको रुपमा भयो । खबर सुनेर पुगेका शैलेशले उक्त लाश आफ्नो बुवा हो भनेर बताए । बुवा र छोराको हत्याकाण्डले त्यस घर–परिवारमा रुवाबासी छाएको छ ।

घटनाको सुचनाले भारतीय पुलिस डिआइजी बस्ती आशुतोस कुमार, एसपी आकाश तोमर, एएसपी असित श्रीवास्तव, सीओ सदर मुकेश कुमार, कोतवाल सुधीर सिंह घटना स्थलमा पुगेका थिए । सरकारी अधिकारीले घटनाको बिस्तृत जानकारीहरु लिएका छन् । पुलिसले शैलेश पाण्डेको निवेदनमा अज्ञात व्यक्तिको बिरुद्ध हत्याको केस दर्ता गरेको छ ।

त्यस घटनाको खबरले बिधायक दिग्विजय नारायण र जय चौबे पनि मृतकका घरमा सान्त्वना दिनका निम्ती पुगेका थिए र आर्थिक सहयोग स्वरुप ५०,००० भारु दिएका थिए ।

Facebook Comments