बाराका सिडिओको सवारी दुर्घटना पछि निधन भएको छ

cdo-died

सवारी दुर्घटनामा घाइते भएका बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईको सोमबारका दिन निधन भएको छ ।

सिडिओ भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको जिप गत माघ ११ गते पिकनिकबाट फर्किने बेला बाराको पथलैयामा ट्याक्टरको ट्रली सँग ठोकीएको थियो ।

उक्त सडक दुर्घटनामा एसपी पोखरेलको घटनास्थलमै निधन भएको थियो भने दुर्घटनामा गम्भीर घाइते सिडियो भट्टराईलाई उपचारका निम्ती काठमाण्डौं ल्याइएको थियो ।

सिडिओ भट्टराईको निधन भएको जानकारी उनका भाई नरेश भट्टराईले दिएका छन् ।

Facebook Comments