पाँचथरमा बन्दूक बनाउँने कारखाना – एक जना व्यक्ति बन्दूक बनाउँने सामाग्री सहित पक्राउ

gun-producer-arrested-with-gun-equipment

बन्दूक बनाउँने कारखाना पाँचथरको याङवरक गाउँपालिकामा भेटिएको जानकारी गराउँदछौं ।

याङवरक गाउँपालिकाको वडा–३ को ओयाम भनिने क्षेत्रमा बन्दूक बनाउँने कारखाना नै सञ्चालन भइरहेको थाहा विशेष सुराकको आधारमा प्रहरी चौकी फलैचाबाट खटिएको टोलीले लगाएको हो ।

प्रहरीले ६० बर्षीय शान्ता बहादुर बिकको घरमा सञ्चालन भइरहेको आरानमा बन्दुक पनि बनाउँने गरिएको जानकारी गराएका छन् ।

हिलिहाङ गाउँपालिका–५ का ४८ बर्षिय बुद्धिमान बिकलाई प्रहरीले उक्त आरानबाट ५ नाल भरुवा बन्दूकको पुर्जाहरु सहित रङ्गे हात पक्राउ गरेको छ ।

प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Facebook Comments