बजुरामा हिमपात – चिसोका कारण जन–जीवन कष्टमय

heavy-snowfall-bajura

एकसाता देखि हिमपात रोकिएर बाजुरामा घाम लाग्न थालेको थियो तर बुधवार देखि पुन हिमपात सुरु भएको छ ।

हिमपातका कारण बाजुरामा चिसो निकै नै बढेको छ र अति नै चिसो भएका कारण त्यहाँको जन–जीवन निकै नै कष्टमय बनेको छ ।

बाजुरा जिल्लामा बुधवार दिउँसोबाट उच्चलेकाली भेगबाट सुरु भएको हिमबर्षा दक्षिणी क्षेत्रमा पनि बढ्दै गएको छ ।

यातायात व्यवसायी बाबा गुरुङले हिमपातका कारण पोरखे लेक जाने बाटो फेरि अवरुद्ध हुँदा बाजुरा जिल्लाको उत्तरी भेगबाट मार्तडी जाने यातायात अवरुद्ध भएको जानकारी दिनुभयो ।

Facebook Comments