एउटा युवतीले आफ्नै प्रेमीको मासु पकाएर श्रमीकहरुलाई भोज खुवाइन् ।

woman-murdered-and-give-party-of-her-boyfriend-meat

संयुक्त अरब इमिरेट्समा एकदमै डरलाग्दो घटना घटेको छ । ७ बर्ष देखि प्रेममा बसेकी मोरोक्कोकी एक युवतीले आफ्नो प्रेमीको हत्या गरी उनको मासु पकाएर आफ्नो श्रमीकहरुलाई भोज खुवाएकी थिइन् भनेर खुलासा भएको छ ।

युवतीले आफ्नो प्रेमीको हत्या गरिसके पछि मिक्सरमा मृत शरिर हालेर मसिनो पिस बनाएर अनि त्यसलाइ पकाएर यूएइमा कार्यरत आफ्ना पाकिस्तानी मज्दुरहरुलाई भोजका रुपमा खुवाएको बाहिरिएको छ ।

यो कुरा हालै खुलासा भएता पनि अभियोजनकर्ताहरुको आरोप अनुसार तिनी युवतीले आफ्नो प्रेमीको ३ महिना अघि हत्या गरी मासु पकाएर श्रमीकहरुलाई खुवाएका थिए । छानबिन हुँदा महिलाको घरमा भएको ब्लेन्डर अथवा मिक्सरमा मानिसको दाँतहरु भेटिए पछि बल्ल यो घटना सार्वजनिक भयो ।

यूनाइटेड अरब इमिरेट्सको “द न्यासनल” सरकारी पत्रिकाको अनुसार हत्या भएको व्यक्ति संग ति युवतीको ७ बर्ष देखिको प्रेम सम्बन्ध थियो । आफ्नो प्रेमीले मोरोक्को कै अर्कि केटी संग विवाह गर्न लागेको छ भन्ने थाहा पाए पछि बल्ल हत्या गरको हुँ भनेर ति युवतीले प्रहरी सामु स्वीकार गरिन् । मासु पकाएर श्रमीकहरुलाई खुवाउनु चाँहि आफ्नो पागलपनको संकेत दि हत्या काण्ड आफुले गरेको स्वीकार गरिन् ।

हत्या भएको व्यक्तिको शरिरको बिभिन्न परिकारहरु बनाएर काम गर्ने पाकिस्तानीहरुलाई खुवाएको कुरा प्रहरी अधिकारीहरुले बताएका छन् । पुलिसका अनुसार हत्या कसरी गरिएको थियो भन्ने कुरा खुलासा भएको छैन तर ति युवतीले त्यस हत्या भएको व्यक्तिको शरिरका भागहरु पकाएर भात र मासु मिसाएको परम्परागत परिकार तयार गरि पाकिस्तानी कामदारहरुलाई खुवाएकी थिइन् ।

३० बर्ष पुगेकी त्यस युवतीको मानसिक अवस्थाको जाँच भइरहेको छ र सबै जाँचहरु भइसके पश्चात उनी संग थप सोधपुछ गरिनेछ र यदि आरोपि ठहरीय यूएइको कानुन बमोझिम सजाय भोग्नु पर्नेछ ।

Facebook Comments