जनताका रक्षक सशस्त्र प्रहरीले महिला माथि कुटपिट गरेका छन्

woman-beaten-by-armed-police-in-birgunj

सामान्य पोके तस्करी भएको आारोपमा मंसिर ७ गते सशस्त्र प्रहरीले वीरगञ्जमा महिलालाई नराम्रो तरिकाले कुटपिट गरेका छन् । उक्त घटना खुलासा भएपछि कुटपिट गर्ने सशस्त्र प्रहरीले आफ्नो गल्ती स्वीकार गरेका छन् र संलग्न सशस्त्र प्रहरी जवानमाथि कारबाही हुने जानकारी आएको छ ।

वीरगञ्ज भन्सार कार्यालयको सुरक्षा गर्न एवमं चोरी तस्करी नियन्त्रण गर्नका लागि नियुत्त सशस्त्र प्रहरीले महिलाहरुको कपाल लुछेर लछार–पछार पारि दुव्र्यवहार गरेका थिए । महिलाहरु माथि सशस्त्र प्रहरी जवानले दुव्र्यवहार गरेको तस्वीरमा प्रष्ट देखिन्छ ।

घटना खुलासा भएपछि अहिले यो बिषय सबैको चासो भएको हुँदा प्रहरी जवानको थुप्रै आलोचना भएको छ त्यही कारणले सशस्त्र प्रहरीले र्निदयी र अमानवीय काम गरेको भन्दै राजपा नेपालका महासचिव राजेशमान सिंहले घटनामा सम्लग्न सशस्त्र जवानलाई कारवाहीको माग गरेका छन् । उनले ‘बर्दीको दुर्पयोग गरि सर्व–साधारण महिलाहरु माथि यसरी दुव्र्यवहार गर्ने र्निदयीलाई तत्काल कारबाही गर्नुपर्छ’ भन्नुभयो ।

वीरगञ्ज भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले सशस्त्र प्रहरीबाट गल्ती भएको स्वीकार गरेका छन् ।

उनको जानकारी बमोझिम घटनामा सम्लग्न दुई सशस्त्र प्रहरी जवान माथि कारबाही सुरु भइसकेको छ । उनले भने, ‘शुरुमा पोके तस्करी गर्ने महिलाहरुसँग समान खोसाखोस भएको थियो, त्यसपछि उनीहरुले ढुंगामुढा गरेछन्’ र ‘त्यसपछि आक्रोशमा आएर गल्ती गरेछन् ।’

उनले अघि भने ‘दुवै जवानलाई आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय चिनी मिल पर्सामा पठाइसकेका छौं ।’

उनले त्यस क्रममा सशस्त्र प्रहरीले महिलाहरुबाट ५० हजार मूल्य बराबरको लुगा बरामद गरेको कुरा बताएका छन् ।

Facebook Comments