प्रहरीले सापटी रकम लिन बोलाएर बलात्कार गरे

women-raped-by-police
सांकेतिक तस्वीर

मुगु – एक जना प्रहरी नायब निरीक्षकलाई आफुले लिएको रकम फिर्ता गर्न बोलाएर बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले छाँयानाथ–रारा नगरपालिका वडा नम्बर–५ मा घर भएकी र हालसाल सदरमुकाम गमगढीमा बस्दै आएकी एक नारीलाई प्रहरी नायब निरीक्षक(सई) सूर्य बहादुर शाहीले आफुले सापटी मागेको पैसा लिन आउ भनि बोलाएको र शुक्रबारको बेलुकी ६ः३० बजे तिर महिलालाई जबरजस्ती बलात्कार गरेको जानकारी दिएको छ ।

हुम्ला जिल्ला चंखेली गाउँपालिका दार्मा गाउँका स्थायी बासिन्दा हाल अस्थायी प्रहरी चौकी चैन, मुगुमा कार्यरत प्रहरी नायब निरीक्षक सूर्य बहादुर शाहीले छाँयानाथ–रारा नगरपालिका वडा नम्बर २ मा पर्ने चैन खोलामा महिलालाई बलात्कार गरेका हुँन् ।

पिडित महिलाका श्रीमान्ले आफु काम विशेषले घर बाहिर गएको र ६ः३० बजे घर आउँदा श्रीमती नदेखेपछि सालीलाई सोध्दा उनले कसैले पैसा लिन बोलाएको भनेकी थिइन् र लामो समय सम्म पनि उनकी श्रीमती घर नआए पछि खोजी सुरु गरेको बताए ।

Facebook Comments