स्वतन्त्र नेपाली नागरीकको प्रधानसेनापति ज्यूलाई खुल्ला पत्र

nepal-army-chief-purna-chandra-thapa

श्रीमान सम्पादक ज्यु,

विषयः प्रधानसेनापति ज्यूलाई चिट्ठी ।

महोदय,

प्रधानसेनापति ज्यू हजूर संग भेट गर्ने समय पाउं भने हजुरले म सर्व–साधारण नागरिकलाई भेट गर्न के खोज्नुहोला ? हजुरलाई म सर्व साधारण नागरिक संग भेट गर्न समयको अभाव होला? यसकारण चिट्ठी मार्फत संदेश पठाउन खोजेको हो ।

प्रधानसेनापति पूर्ण चन्द्र थापा ज्यु हजुरले जंग बहादुर राणाको अवतार लिनुपर्ने भयो निभेको आगो नतापने बलिरहेको आगो मात्र ताप न खोज्ने ताक परे तिवारी नत्र गोतामे स्वार्थी , अवसरवादी गद्दार, राष्ट्रको अहित चाहने प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रको नाममा लुटतन्त्र र मनपरितन्त्र गर्दै आएकाहरुलाई खोरमा कोच्नु पर्यो ।यो मुलुक बिगार्ने नै जहिले पनि सत्ताको आड र पहुँचमा रहने तथा सत्तामा जो छ उसको चाकरी र गुलामी गर्नेहरु नै हुन् । प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्र मुलुक चाइना,भारत र अमेरिका आदि आदि जस्ता मुलुकलाई भनिन्छ।विक्रम सम्वत २०६२÷०६३ साल पछि प्रधानमन्त्री , मन्त्री , सभासद ,सांसद र राजनीतिक दलका नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ ।

हाम्रो मुलुकमा परवेज मुसर्रफ जस्ता आंट ,साहस र हिम्मत गर्न सक्ने सेनाहरु ,शासकहरु र नागरिकहरु कोही पनि छैनन क्या हो? यदि छन भने राष्ट्रघाती र गद्दार नेताहरू बाट मुलुकलाई जोगाउनु पर्ने अवस्था छ।
विक्रम सम्वत २०६२÷०६३ साल पछि संधैभरि आन्दोलन र नेपाल बन्द यस्तै ढुक ढुकी तरिकाले मुलुक चलि रहने हो भने नेपाली नागरिकहरुले नसोचेको परिणाम व्यहोर्नुपर्ने छ ।आज हाम्रो मुलुक नेपालको अवस्था ढुकढुकी स्वास मात्र छ।प्राण जान मात्र बांकी छ ।अन्तर्राष्ट्रिय मुलुकहरूमा पनि हाम्रो मुलुकको अवस्था चासोको विषय वस्तु बन्न पुगेको छ । प्रधानसेनापति ज्यु हजुरले टुलुटुलु बसेर हुंदैन।पन्चायत कालमा १३३ जना सांसदहरु हुंदा कति धेरै भनिन्थ्यो अहिले ८८४ जना सांसद हुंदा पनि हामी नेपाली नागरिकहरु मौन किन ? संघीयताले मुलुकको आर्थिक भार थेग्न र धान्न नसक्ने अवस्था छ। संघीयता प्रधानमन्त्री, मन्त्रीपरिषद , राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख , राष्ट्रिय सभा अध्यक्ष प्रदेशको मुख्यमन्त्री,मन्त्रीहरू ,८८४ जना सांसद र ७७ जिल्लाका नगर प्रमुख (मेयर) हरुको लागि मात्र हो।हाम्रो मुलुक नेपाल वीर गोर्खाली र बहादुर हरुको नामले पनि चिनिन्छ।वीर गोर्खाली वीर बहादुर हरु कता गए कता हराए?यदि म प्रधानसेनापति भएको भए यसरी टुलुटुलु हेरेर बस्ने थिएन।आए परेको बाधा अड्चन हरुलाई सजिलो संग व्यहोर्नु परे व्यहोरथें ।

rakesh-kumar-sharma

स्वतन्त्र नेपाली नागरीक
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालीका–२

Facebook Comments