प्रहरीमा प्रधानमन्त्रीले धर्म फेरेको आरोपको उजुरी

prime-minister-oli-reported-for-changing-religion

एकजना अधिवक्ताले धर्म परिवर्तनको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गर्न खोजेका थिए तर प्रहरीले उजुरी अस्वीकार गरेको छ । प्रधानमन्त्री विरुद्ध उजुरी लिएर आएका अधिवक्ता भूपेन्द्र पोखरेललाई आरोप पुष्टि नहुने भनि महानगरीय प्रहरी परिसर टेकुले उजुरी दर्ता नगरी फर्काइदिएको हो ।

हेटौंडा उपमहानगरपालिका–७ घर भइ हाल काठमाडौंको हनुमानस्थान बस्दै आएको अधिवक्ता पोखरेलले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले धर्म परिवर्तन गरेको भन्ने उजुरी लिएर आएका थिए ।

अधिवक्ता पोखरेलले प्रधानमन्त्री केपि ओली र क्रिश्चियन धर्म प्रचारमा सक्रिय युनिभर्सल पिस फेडेरेशनका नेपाल प्रमुख एकनाथ ढकाल विरुद्ध लगाइएको आरोप उजुरीबाट प्रमाणित नहुने बताएपछि उनलाई फकाइएको हो भनेर परिसर प्रमुख एसएसपी वसन्त लामाले बताउनुभयो ।

एसएसपी वसन्त लामा ‘अधिवक्ता पोखरेलले ल्याएको उजुरी अध्ययन गरेपछि प्रधानमन्त्री विरुद्ध लगाइएको आरोप यतिले पुष्टि नहुने मैले बताएको थिएँ’, र ‘उजुरीलाई मुद्दा शाखामा छाडेर जानु भने, तर उनले लिएरै गएछन्, दर्ता गर्न अस्वीकार गरेको गलत हो ।’ भन्ने कुराहरु बताउनु हुँन्छ ।

ओली र ढकालविरुद्धको उजुरीमा पोखरेलले ‘धर्म परिवर्तनको उद्योग’ सम्बन्धी अपराधमा सजाय माग गरेका थिए ।

अधिवक्ता भुपेन्द्र पोखरेल यही मंसिर १३, १४, १५, १६ र १७ गते राजधानीमा भएको एसिया प्यासिफिक सम्मेलनका क्रममा धर्म नेपाली कानुनले अवैध मानेको धर्म परिवर्तन गराईएको भन्दै प्रहरी कहाँ उजूरी गर्न पुगेका थिए ।

Facebook Comments