प्रचण्डका दाहिँने हात प्रकाश दाहालको स्मृति समारोह हुँदै – निधन भएको एक बर्ष पुग्यो

memory-ceremony-of-late-prakash-dahal

सत्तारुण दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र प्रकाश दाहालको निधन भएको आज एक बर्ष पुगेको छ ।

प्रकाश दाहाल तत्कालीन माओवादी केन्द्रमा पोलिट्यूरो सदस्य र अध्यक्ष पुष्पकमल दाहालको स्वकीय सचिव रहेका थिए । प्रचण्डका दाहिँने हात भनेर चिनिने प्रकाश दाहालको गत बर्ष ह्रदयघात रोगका कारण निधन भएको थियो ।

प्रचण्डका सुपुत्र प्रकाश दाहालको जन्म वि.सं. २०३८ साल असार १७ गतेका दिन चितवन शिवनगर स्थित भिमसेननगरमा भएको थियो । दाहालले आफ्ना बुवा प्रचण्डलाई उनको राजनैतिक जीवनमा अन्तिम समय सम्म साथ दिएर एक जिम्मेवार छोरा र सहकर्मीका रुपमा सघाएका थिए ।

प्रकाश अध्यक्ष प्रचण्डको स्वकीय सचिवको रुपमा पत्रकारहरु संग बातचित गर्ने र सोसियल मिडिया मार्फत जानकारीहरु प्रस्तुत गर्ने गर्दथे । एक पटक उनलाई समाजसेवीलाई प्रदान गरिने “प्रवल जनसेवाश्री पदक” ले सम्मान गर्न पनि खोजिएको थियो तर प्रकाशले उक्त पदकका लागी आफु योग्य छैन सोचेर पदक लिन इन्कार गर्नु भएको थियो ।

आज खुमल्टार प्रचण्ड निवासमा प्रकाश दाहालको स्मृति कार्यक्रम हुँदैछ । दाहाल परिवारले कार्यक्रममा प्रकाशको बारेमा प्रकाशित स्मारिकाको बिमोचन हुँने जानकारी दिएका छन् ।

यस स्मृति कार्यक्रमको आयोजना स्वर्गीय प्रकाश र उनकी दिदी ज्ञानु दाहालको स्मृतिमा निर्मित प्रज्ञा स्मृति प्रतिष्ठानले गरेको हो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका उच्चपदका अधिकारीहरु र शुभचिन्तकहरुलाई यस स्मृति कार्यक्रममा आमन्त्रण गरिएको छ ।

आज देश भरि नै प्रकाश दाहालका शुभचिन्तकहरु नेपालको बिभिन्न जिल्लाहरुमा दियो बाली स्मृति दिवश मानाउँदै छन् ।

Facebook Comments