प्रधानमन्त्रीले पानी जहाजको कार्यलय उद्घाटन साथै छिटै टिकट समेत उपलब्ध गराउँने दाबी गर्नुभएको छ

nepal-ship-office

आज बिहिबार ललितपुरको एकान्तकुनामा प्रधानमन्त्री केपी ओलीले पानी जहाज कार्यालयको उद्घाटन गर्नुभएको छ ।

नेपाली झण्डा भएको पानी जहाज छिटै चल्ने र टिकट खोजेर खिल्ली उडाउनेहरुलाई टिकटको निम्ती केहि दिन मात्र पर्खिन प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले पानी जहाज कार्यालयको स्थापना तथा उद्घाटन संगै नेपाल पानी जहाजको नयाँ युगमा प्रवेश गरिसकेको दाबी गर्नु भएको छ ।

उहाँले भन्नुभयो “कार्यालयको स्थापना संगै नेपाल पानी जहाजको नयाँ युगमा प्रवेश गरेको छ ।”

पानी जहाज संचालन गर्नका निम्ती नेपालबाट छात्रवृत्तिमा इन्जिनियरिङ शिक्षाका लागी विदेश पढ्न पठाइने बताउँनु भएको छ ।

Facebook Comments