गोली र खुकुरी प्रहार गरि श्रीमती र छोराको हत्या – डरलाग्दो हत्या

wife-and-son-killed-by-buda-in-rukum

आफ्नै पत्नी र छोराको रुकुम पश्चिममा एक व्यक्तिले हत्या गरेका छन् । रुकुम जिल्लाको त्रिवेणी गाउँपालिका–१, बल्लेजुरा बस्ने ४१ बर्षीया सत्तबहादुर बुढाले आफ्नी ४२ बर्षीया पत्नी इन्द्रकला बुढा र ११ बर्षीय छोरा स्वयमप्रकाश बुढाको हत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले बताएको जानकारी अनुसार राती २ बजे बुढाले आफ्नी श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले र छोरा स्वमप्रकाशलाई खुकुरी प्रहार गरि डरलाग्दो हत्या गरेका थिए ।

छिमेकीहरुले रिपोर्ट गरेपछि घटना स्थलमा पुग्दा आमा र छोराको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताएका थिए ।

प्रहरी नायब उपरीक्षक खड्काले बुढाले आफ्नै घाँटीमा खुकुरी प्रहार गरि आत्महत्या पनि गर्न खोजेका थिए भन्ने कुरा बताए ।

खड्काको भनाई अनुसार सत्तबहादुर बुढाले मदिरा सेवन गरि नसामा आफ्नो श्रीमती र छोराको हत्या गरेका थिए र अनुसन्धान अझैं बाँकि नै रहेको देखिन्छ । प्रहरीले हत्यारालाई आफ्नो नियन्त्रणमा लिएको छ र सोध–पुछ अझैं भइरहेको छ ।

स्थानीय छिमेकीका अनुसार बुढाको मानसिक सन्तुन ठिक नभएको पाइन्छ । यस समस्याका कारण बुढा यस अघि पाँच दिन जंगलमा हराएका थिए ।

स्थानीयवासी भन्छन्, उनको परिवारले बुढालाई खोजेर ल्याए पछि धामी झाँक्री गरेरका थिए र ठिक नभएर अस्पताल लैजाने तयारीका समयमा यस्तो अप्रिय घटना घट्न पुग्यो । यस अघि पनि बुढाको आफ्नो श्रीमती संग धेरै झगडा भइरहेको कुरा स्थानीयवासी बताउँछन् ।

Facebook Comments