नेपाली युवाको कोरियामा सुतिरहेको अवस्थामा मृत्यु भएको छ

nepalese-death-korea

रोज्गारीका लागी दक्षिण कोरिया आएका एक जना नेपाली जवान व्यक्तिको सुतिरहेको अवस्थामा मृत्यु भएको छ ।

जनकारी बमोझिम मृतक युवा ठाकुर तामाङ धादिङ जिल्लाका स्थायी बासी हुँन् ।

गएको मंगलवार दिउँसो आफ्नो काम सकेर सुतेका तामाङको मृत्यु राति सुतेकै अवस्थामा भएको हो ।

ठाकुर तामाङ ८ बर्ष अघि इपिएसको परिक्षामा उतिर्ण भएर रोज्गारीका शिलशिलामा कोरियाको फाजु स्थित फर्निचरमा काम गर्दै आएका थिए ।

मंगलवार सुतेका तामाङ बुधवार काममा जान नउठे पछि उनका संगै काम गर्ने मित्रहरुले उनलाई उठाउन खोज्दा उनको निधन भइसकेको थियो ।

हाल मृतक तामाङको शरिरको पोष्टमार्टमका लागी स्थानीय अस्पताल लगिएको छ ।

उन्को मृत्यु ह्रदयघातले भएको आशंका गरिएको छ तर अधिकारीक रुपमा जानीकारी पुष्टी भएको भने छैन ।

Facebook Comments