नेपालीहरुको प्रतिव्यक्ति कमाई १४ लाख रुपैंया हुँने रे – जानकारी सेयर गर्नुहोस्

fourteen-lakh-nepalese-per-capital-income

मंसिर २५, काठमाडौं – राष्ट्रिय योजना आयोगले २५ वर्षभित्र उच्च आय भएको विकसित मुलुकको सूचीमा नेपाललाई पुर्याउने लक्ष्यराखी दीर्घकालीन सोच ल्याउने भएको छ । उक्त लक्ष्यसहितको नेपालको दीर्घकालिन सोच विक्रम सम्बत २१०० मस्यौदा तयार गरिसकेको छ ।

मस्यौदामाथि आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री, मन्त्रीहरु, योजना आयोगका अधिकारी र सरकारका सचिवहरुबीच छलफल भइरको छ । आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको उक्त छलफलमा प्रस्तुत मस्यौदा अनुसार विस २१०० मा नेपालीको कुल राष्ट्रिय प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर अर्थात १४ लाख नेपाली रुपैयाँ हुनेछ ।

उक्त तोकिएको आए भएपछि हाम्रो देश नेपाल उच्च आय भएको विकसित मुलुकहरुको सूचीमा पुग्नेछ । आयोगको यो लक्ष्यलाई योजनाविद्हरुले महत्वकांक्षी र पूरा गर्न असम्भव भनी टिप्पणी गरेका छन् । आयोगले प्रस्तुत गरेको सोचको मस्यौदाअनुसार विस २०७८ मा अधिक्तम् विकसित मुलुकबाट स्तरोन्तती हुनेछ । त्यति बेला नेपालीको कुल राष्ट्रिय आय प्रतिव्यक्ति एक हजार ९०० हुनेछ र त्यसको ९ वर्ष पछि नेपाल उच्च मध्यमको आय भएको मुलुकमा गनिने छ । आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।

Facebook Comments