वैज्ञानिकहरुको नेपालमा फेरी ८.५ म्याग्निट्युडको भुकम्प जान सक्ने दाबि

earthquake-strike-possibilities-in-nepal

काठमाण्डौं, १९ मंसिर – वैज्ञानिकहरूले बताए अनुसार नेपालमा ठूलो भूकम्प जाने संम्भावना रहेको देखिन्छ । भारतीय वैज्ञानिकहरु दाबी गर्दछन् कि हिमालय क्षेत्रसहितका नेपालमा पनि भूकम्पको खतरा रहेको देखिन्छ ।

भूगर्वविद् सीपी राजेन्द्रले जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स साइन्टिफिक रिर्सचमा गरेको नेतृत्व अनुसन्धानले निकट भविष्यमा यी क्षेत्रहरुमा ठूलो भूकम्प जान सक्ने संकेत उल्लेख गरिएको छ ।

बेंग्लोर आधारित संस्थाको जियोलोजिकल जर्नलमा प्रकाशित लेखमा भनिए अनुसार ‘दक्षिण एशियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय पनि ८.५ म्याग्निच्युडको भूकम्प जान सक्छ’, । नेपालको सुदूरपश्चिमको हिमाली भेग र भारतको उत्तराखण्ड भेगको तथ्यांकमा आधारित भएर गरिएको अध्ययनले यो कुरा पुष्टि भएको हो ।

“जियोलोजिकल सर्भे अफ इन्डिया” सँग भएको भूबनोटको तथ्यांक र त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट लिएका तस्विरको सहायतामा यो अनुसन्धान सुरु भएको थियो ।

भूकम्पको पछिल्ला प्रवृत्तिबारे अनुसन्धान गरिरहेका अमेरिकाको “युनिभर्सिटी अफ कोलोराडो” का भूगर्भविद् प्राध्यापक रोजर विलियमले भारतीय वैज्ञानिकको यो अनुसन्धान सत्य रहेको दाबी गरेका छन् । विलियमले हिमालय क्षेत्रमा ८.५ म्याग्नेच्युडको भूकम्प जाने अनुमानमा कुनै शंका नरहेको दाबी गरेका छन् । वैज्ञानिकहरूले यो ठूलो भुकम्प जुनसुकै बेला पनि आउने भएकाले सबैलाई सतर्क रहन सचेत गराएका छन् ।

नेपालको गोर्खालाई केन्द्रविन्दू बनायर सन् २०१५ सालमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । हिमाली भूकम्पहरुको इतिहास अध्ययन गरेका विलियमले त्यसपछि सो गएको भूकम्प हिमाली क्षेत्रको सबैभन्दा विनाशकारी भुकम्प नभएको उल्लेख गरेका थिए ।

विलियमको भनाई अनुसार ‘सबैभन्दा बढी विनाशकारी हुने अनुमान गरिएको भूकम्पबाट चाहिँ १० लाखसम्म मानिसको ज्यान सक्छ’, र ‘सरकारहरूले यस्तो विपत्तिको रोकथाम गर्न चाँडै नै भवनहरूलाई बलियो बनाउँनुपर्छ ।’

सन् २०१५ सालको गोर्खालाई केन्द्र विन्दु बनाएको भूकम्पमा नेपाल भर करिब ९ हजार मानिसको मृत्यु भएको थियो ।

Facebook Comments