नेपालको यौन व्यवसाय – कसरि र कहाँ हुन्छ त नेपालमा यौन व्यापार

sex-business-in-nepal

कठित मसाजका नाममा ठमेलमा हुने गरेको देह व्यपारको जालोका बिषयमा पुलिसले कारवाही गर्दा यस कारणले अरुको शरिर बेचेर धेरै पैसा कमाउने सुरसारमा रहेका व्यपारीहरु झस्किएका छन् । सजिलो संग धन आर्जन गर्ने यस कामलाई तिनीहरु कसरी माया मार्न सक्थे र ?

ठमेलबाट बिस्थापीत भए पछि उनीहरुले यो व्यवसायलाई ठमेलबाट केहि पर सारे त्यस पछि उनीहरुले त्यहाँको अनैतिक गतिविधिको बारेमा पनि केहि पत्रकारहरुले पर्दाफास गरेका थिए यति मात्र होइन कि राजधानीको मुटु मानिने रत्नपार्कमा भएको युवतीको मोलमोलाईको दृष्य पनि पर्दाफास गरेका थिए ।

काठमाण्डौं उपत्यकाका मात्र होइन उपत्यका बाहिर पनि अनैतिक गतिविधि बढ्दो छ । यो बिषयमा खोजि गर्न केहि पत्रकार साथीहरु सुनसरीको इटहरी बजार पुगेका पनि थिए । बजारमा खुलेआम खसी–बोका जसरी हुने युवतीहरुको मोलमोलाइ अनि अनैतिक धन्दा पर्दाफास भएको छ ।

बन्द कोठा भित्रको एउटा व्यापार, चेलिबेटिको शरिर कौडिको भाउमा बेचिने व्यापार घटना यो इटहरी बसपार्क को हो । बिश्वकै पुरानो मध्यको एउटा व्यापार शाररिक संन्तुष्टता संग जोडिएको व्यपार हो यो यौन व्यपार ।

काठमाण्डौं भित्र हुने देह व्यपारको पटक पटक खोज खबर भइरहेको नै हुन्छ । रत्नपार्क देखि ठमेलका बार, क्याबिन र मसाज सेन्टरहरुमा हुने देह व्यापारको पर्दाफास पनि धेरै पटक भइसकेको नै छ । पत्रकारहरुको निरन्तर निग्रानी पछि काठमाण्डौंको देह व्यपार केहि हद सम्म नियन्त्रण भएको देखिन्छ तर यो खबर संगै अर्को पनि खबर पाइएको छ जस्ले तपाइहरुको मन एक पटक फेरि अमिलो पार्न सक्छ, खबर हो यौन व्यपारकै ।

काठमाण्डौं लगाएत अन्त कहाँ यौन व्यपार हुने गर्दछ ?

काठमाण्डौंमा झागिएको देह व्यपारबाट देशका अरु शहरहरु पनि अछुतो छैनन् । इटहरी बजारको देह व्यपारले यस्तै पुष्टि गर्छ । इटहरी बसपार्क संग जोडिएका अधिकाशं होटेल तथा रेष्टुरेण्टहरुमा खुलेआम देह व्यपार भइरहेको छ । १७ – १८ देखि २५ – ३० बर्षका चेलीहरु द्येह व्यपारमा लगाइएका छन् । देह व्यपार बसपार्कका होटेल, रेष्टुरेण्टहरुको अँध्यारो कोठामा बर्षौ देखि भइरहेको छ । नयाँ बसपार्क क्षेत्र जहाँ खुलेआम रुपमा देह व्यपार मौलाइ रहेको छ र त्यो बसपार्क क्षेत्र भित्र भइरहेको देह व्यपारले इटहरी बजारलाइ नै रेडलाइट एरियाको रुपमा परिणत गरिरहेको छ ।

आखिर बसपार्क क्षेत्रमा कसरी हुन्छ त देह व्यपार ? बसपार्क क्षेत्रको होटेल, रेष्टुरेण्टको बन्द कोठा भित्र कसरी बार्गेनीङ् भइरहेको छ एउटा युवतीको शरिर ? कोठीहरुमा ग्राहाक भएर गइ हाम्रा पत्रकार मित्रहरुले त्यहाँ हुने घिनलाग्दा कामको जानकारी दिएका थिए । उनीहरु ३ जना होटेलको एउटा कोठामा ग्राहाक बनी बसे र केहि बेरमा १९–२० बर्षकि एक युवती आइ उनी संगै एक पुरुष पनि आएका थिए यि पुरुष चाँहि युवतीको मुल्य बार्गेनीङ गर्न आएका थिए र एक पटक सर्भिस दिएको १५०० रुपैंया हो भनि बताएका थिए । बाग्रेनीङ् पश्चात् ति युवती प्रति व्यक्ति ६०० को दरले सबै संग सुत्न तयार भएकी थिइन् । युवतीले दिनमा १० जना जतीलाई सेवा दिनुपर्ने कुरा उन्ले बताइन् । सबै जानकारी लिएर पत्रकार मित्रहरु बाहाना बनाएर त्यहाँबाट बाहिर निस्केका थिए । त्यस्तै गरि अर्को होटेलमा छिर्दा समेत त्यस्तै दृश्य देखिएको थियो भन्ने जानकारी हामीले पायौं ।

५०० देखि १५०० सयमा इटहरी बसपार्कमा चेलीहरुको शरिर बिक्री हुन्छ । यसै गरी बास बस्न खोलिएका होटेल र खाना बेच्न खोलिएका रेष्टुरेण्ट देह व्यपारको अखडा बनेका छन् । एउटा होटेलमा दुई तिन जना देखि ५–६ जना सम्म युवती राखिएका छन् । उनीहरुको मुख्य काम नै देह व्यपार बनेको छ । ग्राहाक नआएका बेला भने साहुजीले उनीहरुलाई होटेलको काममा लगाउँछन् ।

इटहरीको बसपार्क यात्रुहरुका लागी मात्र नभएर यौन प्यास मेटाउनेहरुका लागी पनि एउटा गन्तव्य बन्दै गएको छ । बसपार्क सार्वजनीक स्थल भएर पनि यस क्षेत्रमा गैर–कानुनी रुपमा भइरहेको यौन व्यवसायले गर्दा यस क्षेत्रका स्थानीय बासिन्दाहरु ब्ढि प्रभावित भएका छन् ।

कसरी यौन व्यवसायमा सम्लग्न हुने गर्छन् त यौन कर्मीहरु ?

होटेल वालाले सुन्सरी जिल्लाको इटहरी बसपार्कमा देह व्यपार भर्खरै सुरु गरेका भने पक्कै हौइनन् । ५–६ बर्ष सम्म गुप–चुक भइरहेको व्यपार अहिले भने छताछुल्लै भएको छ । देह व्यपारका कारण इटहरी बजार नै बद्नाम हुन थाले पछि स्थानीय बासिन्दाले बिरोध गर्न थालेका छन् । बसपार्क क्षेत्रमा मौलाएको देह व्यपारले इटहरीलाइ नै बद्नाम मात्रै गरेको छैन बरु यौन कर्मी चेलीहरुलाई यौन रोगको संक्रमण हुन सक्ने खतरा पनि उत्तिकै बढाएको छ । इटहरी बसपार्क क्षेत्रमा देह व्यपारमा सम्लग्न चेलिहरु अधिकाम्स आफ्नो इच्छाले नभइ करकापमा पारेर देह व्यपारमा लगाइएको खुलाएको छ । इटहरीमा बेरोज्गारीका कारणले देह व्यपार सुरु गर्ने युवती पनि थुप्रै छन् ।

सुनसरी आसपासका जिल्लाहरुबाट दलालले होटेलमा काम लागाइ दिने भन्दै युवतीहरु ल्याउने गर्छन् होटेलमा पुगे पछि उनीहरुलाइ होटेल मालीकले देह व्यपार गर्न बाध्य पार्छन् नगरे उनीहरु माथि कुटपिट गर्दछन् । केहि दिन अघि इटहरी बसपार्क क्षेत्रमा देह व्यपार गर्न बाध्य पारिएकी एक चेलिले भागेर प्रहरीमा उजुरी नै दिएकी थिइन् । उनलाई होटेल वालाले बन्धक बनाएर देह व्यपार गर्न बाध्य पारेको खुलासा भएको छ । ग्राहाक संग ५०० देखि १५०० रुपैंया असुले पनि देह बेच्ने चेलीले भने एक पटकको १०० देखि २०० रुपैंया मात्रै पाउँछन् अरु सबै होटेल साहुजीले झ्वाम् पार्छन् ।

यसरी खुलेआम भइरहेको देह व्यपार कहिले सम्म चलिरहने कहिले आउला नियन्त्रणमा इटहरी बजारको देह व्यपारहरु ?
हुन त इटहरी बजारमा भइरहेको घटना नयाँ अनि नौलो होइन बषौं देखि यस्ता बिकृती दोहोरीदै आएका छन् । यो बिकृती रोक्न इटहरीको आमा समूह बषौं देखि सक्रिय पनि छ र यस्को बिरोधका लागी टोल–टोल गल्ली–गल्लीमा र्याली पनि हुने गर्दछ । प्रहरी पनि बेला बखत छापा हानेर यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लिने गर्दछ तर बिकृती भने अझैं घटेको देखिदैन आखिर किन त ? के यो रहर हो कि बाध्यता ?

के इटहरीको यौन व्यवसाय नियन्त्रण हुँदैछ त ?

इटहरीको बसपार्क पूर्व पश्चिम राजमार्गको देह व्यपार अखडा मानिन्छ । यस्तै कारणले बद्नाम भएको छ इटहरी बजार । बसपार्क क्षेत्रमा खुलेआम भइरहेको देह व्यपारले इटहरी कै बद्नाम भएपछि इटहरी बजार र सुन्सरी जिल्लाकै बासिन्दा चिन्तित छन् । कानुनले बर्चित गरेको देह व्यपार आफ्नै घर आँगनमा खुलेआम बनेपछि कस्लाइ पो चित्त बुज्छ र ।

अहिले स्थानीय बासिन्दाहरु देह व्यपार नियनत्रण गर्न एकजुट हुन थालेका छन् । स्थानीयहरुले यस अघि पनि देह व्यपारको बिरोध गरे पछि होटेलवालाहरुले आचार समीहिता बनाएर लागु गरेको थियो । आचार समीहितामा कामदार युवतीले एउटै खाले पोषाक लगाउनु पर्ने, परिचय पत्र लगाउनु पर्ने, होटेल तथा रेष्टुरेण्टमा देह व्यपार गर्न नपाइने तथा पाहुनाको विवरण राख्नु पर्ने जस्ता व्यवस्था गरिएको छ । तर आचार समीहिताका व्यवस्थाहरु कागजमा मात्रै सिमित भएको छ तर होटेलवालाहरु भने देह व्यपार नभएको दाबी गर्छन् ।

इटहरीका होटेल तथा रेष्टुरेण्टमा आचार समीहिता लागु गराउँछौं भनेर एक बर्ष अघि होटेल व्यवसायी संघले स्थानीय बासिन्दा संग बाचा गरेको थियो तर समय संगै संघको बाचा बाचामै सिमित भयो । इटहरी बसपार्कमा यौन व्यापार राकिनुको साटो झन् बरु बढ्न थालेको छ होटेल व्यवसाय संघ भने नियमित अनुगमन भइरहेको दाबी गर्छ ।

देह व्यपार नियन्त्रणमा प्रहरीको भुमिका कस्तो छ त जान्नुहोस्

इटहरी बसपार्क क्षेत्रमा देह व्यपार नियन्त्रण गर्न प्रहरी प्रशासन पनि चुकेको देखिन्छ । कानुनले बर्चित गरेको यौन व्यपार नियन्त्रणका लागी प्रहरी साधक बन्नु पर्नेमा बाधक जस्तो देखिएको छ । स्थानीय बासीहरुको भनाइ अनुसार बसपार्क भित्रै प्रहरीको एउटा छुटै कार्यलय पनि छ तर कार्यलय संगैका होटेल, रेष्टुरेण्टहरुमा देह व्यपार भइरहदा पनि प्रहरी देखे पनि नदेखे झैं गर्छ । स्थानीय प्रहरीले कडाइ गरेको छ पत्याइदिने हो भने किन भइरहेको छ त खुलेआम रुपमा यौन व्यपार ?

यस क्षेत्रमा भइरहेको यौन बिकृती नियन्त्रणका लागी प्रहरी प्रशासनले खेलेको भुमिका समेत प्रयाप्त नभएको स्थानीय बासिन्दाले गुनासो गर्दै आएका छन् । यस क्षेत्रमा भएको यौन बिकृतीलाइ जति सक्दो चाँडो नियन्त्रण गर्न स्थानीय बासिन्दाले माग त गरेका छन् तर बसपार्क क्षेत्रमा खुलेआम यौन बिकृती हुने गरेको छ । देह व्यपार नियन्त्रण गर्न कानुनी जटिलता भएको भन्दै पन्छिन्छन् प्रहरी ।

बर्षौ देखि स्थानीयले बिरोध गर्दै पटक पटक र्याली नै निकाली सकेका छन् तर प्रहरीले उजुरी नै परेन भनेर चुपचाप छोडि दिए पछि इटहरी बसपार्कको देह व्यपार खस्कीनुको साटो मौलाउदै गएको छ । इटहरी क्षेत्रको देह व्यपार नियन्त्रण गर्नु रिपोर्ट अनुसार असम्भवनै देखिएको छ ।

Facebook Comments