गर्भवती तथा सुत्केरी महिलालाई खुशीको खबर – सरकारले निशुल्क हवाइ सेवा प्रदान गर्ने

helicopter-facility-for-pregnent-woman-with-out-cost

अब ज्यान जोखिममा भएका गर्भवती तथा सुत्केरी महिलाले नेपाल सरकारबाट इमर्जेन्सी हवाई उद्धारको सुविधा पाउने भएका छन् । हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट त्यहाँको असुबिधालाई मध्य नजर गर्दै सरकारले यस्तो सुविधा त्यहाँबाट पहिलो चरण सुरु गर्न लागेको हो ।

नयाँ पत्रिका दैनिकका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५’ पारित गरेको छ ।

मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम शाखाका प्रमुख अञ्जु ढुंगानाल ेकार्यविधिलाई अर्थ मन्त्रालयले समेत स्वीकृति दिइसकेको बताएकी छिन् । उनका भनाइ अनुसार मन्त्रालयले हवाई सेवा प्रदान गर्ने कम्पनी छनोट गर्नका लागी बोलपत्र आह्वान तयारी गरिरहेको छ र त्यस कम्पनी संगको करार अवधि करिब तीन साताको हुनेछ ।
राष्ट्रपति महिला उत्थान हवाई उद्धार कार्यक्रम देश भरमा रहेका गर्भवती तथा सुत्केरी महिला र शिशुको ज्यान जोखिममा नपरोस भनी गर्न लागिएको हो भनेर उनले बताएकी छिन् ।

सो सेवा प्रदान हुने जिल्लाहरुमा सरकारले सम्बन्धित स्थानीय तह गाउँपालिका÷नगरपालिकाका अध्यक्ष संयोजक रहने गरी सिफारिस समिति गठन गर्नेछ । यस उद्धार गर्ने समितिले आफ्नो क्षेत्रमा पिडित गर्भवती महिला या ज्यान जोखिममा भएका सुत्केरी महिला तथा उनीहरुको परिवारले निवेदन दिएपछि मात्र हवाई उद्धारको सिफारिस गर्नेछ ।

Facebook Comments