तत्कालै निजगढ विमानस्थल निर्माण हुँने

nijgadh-international-airport

निजगढ विमानस्थल तत्कालै निर्माण कार्य सुरु गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बताएका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसन द्धारा निजगढ विमानस्थलको विषयमा आयोजित पूर्वाधार छलफल कार्यक्रममा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले, सरकारले भैरहवा र पोखरा विमानस्थललाई अति नै महत्वपूर्ण विमानस्थलका रुपमा लिएको हुँनाले उक्त विमानस्थल निश्चयनै निर्माण हुँने कुरामा ढुक्क हुँन आग्रह गर्नु भएको थियो ।

विमानस्थल निमार्ण कार्य हुँन नदिन चलखेल भइरहेको कारणले निर्माण कार्यमा ढिलाई भएको मन्त्री अधिकारीले बताउँनु भयो । अब आउँदो ३ महिना भित्र विमानस्थलको निमार्ण कार्य सुरु भइसक्ने जानकारी मन्त्री अधिकारीले दिनुभयो ।

मन्त्री रवीन्द्र अधिकारीले अन्तराष्ट्रिय विमानस्थल भनेकै निजगढ विमानस्थल हो भन्दै कसैको अवरोधले निर्माण कार्य नरोकीने स्पष्ट पारेका छन् ।

Facebook Comments