३ अर्ब ४५ करोडको लागानीमा बन्दै गरेको नयाँ धरहरा – फोटोहरु हेर्नुहोस्

contruction-of-new-dharahara

करिब तीन वर्षपछि भूकम्पले ध्वस्त भएको धरहराको पुनर्निर्माणको काम जारी भइसकेको छ । उक्त पहिले स्थित धरहरा कै ठाउँमा नै नयाँ रुप दिई पक्की धरहरा बनाउने घोषणा गरिएको ३ साल पछि बल्ल निर्माण कार्य सुरु भएको हो ।

building-new-dharahara

new-dharahara-constructing

new-dharahara-building-resources

अहिले बनिरहेको नयाँ बनिरहेको धरहरा निर्माणको जिम्मा जिआइइटीसी कन्सट्रक्सन कम्पनीले पाएको छ र उक्त निर्माण हुँने धरहराको लागत करिब ३ अर्ब ४५ करोड रुपैंया रहेको छ ।

operator-working-for-building-new-dharahara

workers-of-constructing-new-dharahara

new-dharahara-construction-human-resources

जिआइइटीसीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भदौ १७ गते आह्वान गरेको यस धरहरा पुननिर्माणको प्रस्तावमा अरु कम्पनी भन्दा कम रकममा काम गर्ने स्वीकार गरेको हो ।

new-dharahara-building-worker-working

अब पुननिर्माण भइरहेको धरहरा जानकारी अनुसार यो ४२ रोपनी जमिनमा बनिदैछ । पुननिर्माण प्राधिकरणको जानकारी अनुसार अबको बनिने धरहराको लागी पुरानो धरहरा क्षेत्र नजिकको गोश्वारा हुलाक कार्यालय रहेको भवन र वाणिज्य बैंक रहेको टक्सार भवन भत्काइने छ ।

new-dharahara-building-base

जिआइइटिसी कन्सट्रक्सन कम्पनीका मालिक रमन जेभीसँग राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा पुननिर्माणका लागि सम्झौता गरेको छ ।

iron-resources-of-new-dharahara

धरहरा पुननिर्माणका लागी काम जारी भइसकेको छ, हाल धरहराको जगहरुको निर्माण कार्य चलिरहेको छ ।

new-dharahara-contruction-is-going-on

Facebook Comments