४८ परिवारलाई घर बनाइदिने नगरपालिकाको प्रतिबद्धता

government-building-homes-for-people

बागलुङको ढोरपाटन नगरपालिका–९ मा आइतबार बिहान आगालागी भएको थियो । उक्त आगलागीमा करिब ३० घर जलेर ध्वस्त भएका थिए । ढोरपाटन नगरपालिकाले यस बिनाशको कारण ध्वस्त भएका घरको पुनःनिर्माणका लागि सहयोग गर्ने बताएको छ ।

आगलागीका कारण पिडित ३० घरका ४८ परिवारहरुका लागि ढोरपाटन नगरपालिकाले नयाँ घर बनाइदिन ४८ लाख रुपैंया सहयोग गर्ने बताएको छ ।

नगर प्रमुख देवकुमार नेपाली आगलागी भएको खबर पाउँना साथ तत्काल पोखराबाट हेलीकप्टरमा बुर्तिवाङ हुँदै ढोरपाटन नगरपालिका आफ्नो टोलीका साथ घटनास्थलमा प्रत्यक्ष आफै पुग्नुभएको थियो र पीडितलाई परिवारहरुलाई घर बनाइदिने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

घटनास्थलमा पुगेर केहि अनुगमन र निरीक्षण पश्चात पीडित परिवारहरुको गुनासो सुनेपछि नगरप्रमुख देवकुमार नेपालीले नगरको विपत्ती व्यवस्थापन कोषबाट त्यहाँ भएको आगलागी पीडितको घर निर्माण गर्ने भन्दै प्रति परिवार एक लाखका हिसाबले ४८ लाख रकम ढोरपाटन नगरपालिकाबाट उपलब्ध गराउने बताउनु भएको छ ।

नगर प्रमुख देवकुमारले घरको छाना छाउने जस्तापाताको रकम आफ्नो व्यक्तिगत सहयोगबाट गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । नगर प्रमुखले गर्नु भएको बाचाका कारण पिडित परिवारमा सान्त्वना एवमं खुशी छाएको छ ।

तत्काल नगरप्रमुख नेपालीले त्यस क्षेत्रमा नगरपालिकाको तर्फबाट घर निर्माण गर्न इञ्जिनीयर पठाउँने र सबैको निम्ती एउटै किसिमको भूकम्प प्रतिरोधी एक तले घर बनाइदिने र जस्मा दुई कोठा र शौचालय हुँने कुरा बताउनुभयो ।

Facebook Comments