धुर्मुस सुन्तलीले मलेसियाबाट ३५ लाख संकलन गरे

collection-for-gautam-buddha-stadium

हाँस्य कलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तलीले (कञ्चना घिमिरे) चितवत, भरतपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निम्ती मेलेसियाबाट आफुहरुलाई ३५ लाख रुपैंया सहयोग प्राप्त भएको बताएका छन् ।

रंगशाला निर्माण लागि धुर्मुस–सुन्तली साँझ कार्यक्रमको लागी उनीहरु मलेसिया पुगेका हुन् । गौतम बुद्ध रंगशाला निर्माण गर्न झन्डै ३ कर्ब लगानी लाग्ने अनुमान गरिएको छ ।

मलेसियाबाट राम्रो सहयोगको हात पाउँने विश्वास धुर्मुस–सुन्तलीले बताएका थिए ।

रंगशाला निर्माणको सहयोगका लागी सिटी एक्सप्रेसले मलेसियाको ३ वटा शहरहरुमा सिटी एक्सप्रेस धुर्मुस–सुन्तली साँझ–२०७५ को आयोजना गरेको थियो ।

Facebook Comments