सशस्त्र प्रहरीले ९ किलो चरेस सहित दिदि–बहिनीलाई पक्राउ गरेको छ

charas-smuggler-sisters-caught
सांकेतिक तस्वीर

सशस्त्र प्रहरीले भारतीय दिदि–बहिनीलाई ९ किलो चरेस सहित वीरगञ्जबाट प्रकाउ गरेको छ ।

लगुऔषध चरेस सहित पक्राउ परेका दिदि–बहिनी, ३२ बर्षिया निशा शाह र ३० बर्षिया सोनाली शाहले प्रहरीलाई आफ्नो घर भारत हरियाणा भएको बताएका छन् ।

शुक्रबार बिहान करिब ७ः३० बजे तिर वीरगञ्ज भन्सार गेट नजिकै चेक गर्ने प्रकृयामा सशस्त्र प्रहरीले दिदि–बहिनीलाई ९ केजी चरेस सहित पक्राउ गरेको हो ।

प्रहरीले दिदि निशाले ४ केजी चरेस र बहिनीले ५ केजी चरेस शरिरमा लुकाएर भारत लैजाने अवस्था फेला पारेको प्रहरीले जनाएको छ ।

Facebook Comments