दार्चुलामा डरलाग्दो बस दुर्घटना – बसमा करिब ३५ प्यासेन्जर सवार

recent-dangerous-bus-accident-in-darchula

आज बिहान दार्चुलामा भएको बस दुर्घटनामा बसमा सवार १७ जना प्यासेन्जर घाइते भएका छन् ।

म १ ख ४३६ नम्बरको बस मालिकार्जुनबाट सदरमुकाम खलंगा गइरहेको क्रममा दुर्घटनामा परेको हो ।

मालिकार्जुन मन्दिरको जात्रामा गएका मानिसहरु सवार बस आज बिहान करिब ५ बजे तिर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यलय दार्चुलाले दिएको जानकारी अनुसार दुर्घटनामा परि १७ जना घाइते भएका छन् ।

घाइते मध्य १६ जनालाई उपचारका लागी गोकुलेश्वर अस्पताल लगीएको खबर डिएसपी नवराज अधिकारीले बताए ।

दुर्घटनामा बस सडकबाट ३०० मिटर तल खसेको छ र दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाहरुले त्यहाँ उद्दार गरिरहेका छन् ।

Facebook Comments