जंगलको सुरक्षाको निम्ती लगाएको तारजाली वन्यजन्तुको काल बनिरहेको छ

deer-died-dharan

भर्खर धरान उपमहानगरपालिका वडा न. ६ स्थित पानवरी सामुदायिक वनमा लगाइएको तारजालीमा ठोक्किएर सेउती पुल र सेहरा पुल बीचमा  मंगलवार बिहान एउटा वयस्क चित्तलको मृत्यु भएको छ ।

फेन्सिङ नभएको उत्तर दिशाबाट दौडिएर आएको चित्तल सडक पारि पट्टि तारजाली नाघ्न नसक्दा टाउको भाँचिएर मरेको हो ।

उक्त चित्तललाई छटपटाइ रहेको अवस्थामा धरान बजारबाट आउँदै गरेका यात्रुहरुले देखेका थिए ।

यो देख्न साथ उनीहरुले प्रहरीमा खबर गरेका थिए र तत्कालै प्रहरी र जनप्रतिनिधिहरु घटना स्थलमा पुगेर वन कार्यलयलाई सो विषयको जानकारी दिएका थिए ।

Facebook Comments