डीपीएल क्रिकेटको फाइनलमा अत्तरिया

cyc-attariya-final

डीपीएल क्रिकेट लिगको फाइनलमा सीवाईसी अत्तरिया पुगेको छ ।

बुधवार भएको खेलमा अत्तरियाले काठमाण्डौं गोल्डेन्सलाई ४१ रनले पराजित गरि डीपीएलको फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

ड्रिम फाप्ला क्रिकेट मैदानमा काठमाण्डौं गोल्डेन्स र अत्तरियाको उक्त म्याच भएको थियो । अत्तरियाले काठमाण्डौं टीमलाई सामान्य १११ रनको टार्गेट दिएता पनि चुनौती पच्छाएको काठमाण्डौंले १८.३ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ६९ रन बनाउँन मात्र सकेको थियो । काठमाण्डौंको लागी गौरव तमोरले २६ रनको योगदान दिएका थिए भने कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्र सिंह कार्कीले समान ११–११ रन बनाएका थिए ।

टस हारेर ब्याटिङ गरेको अत्तरियाले कुल २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन बनाएको थियो । अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरीले आफ्नो टिमको लागी ३३ रनको योगदान दिएका हुँन् । त्यसतै गरि सन्नी पटेलले २८ रन र शुभेन्दु पाण्डेले १६ रनको योगदान दिएका छन् ।

सूर्य तामाङ र अंकित दबासले बलिङ तर्फबाट समान २–२ विकेट हाँसिल गरेका थिए ।

Facebook Comments