काठमाण्डौंमा ६ हजार ठग ट्याक्सी चालक कारवाहीमा

taxi-drivers-arrested

यात्रुहरुलाई विभिन्न बाहानामा ठग्ने ६६६४ जना ट्याक्सी चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेको छ ।

नियमको पालना नगरी कानुन विपरित मिटरमा जान नमान्ने, मिटर बिगार्ने, बेसी भाडा असुल्ने ट्याक्सी चालकहरुलाई महाशाखाको टोलीले कारवाही गरेको हो ।

महाशाखाले आव २०७२–७३ मा २७९५, २०७३–७४ मा ४५१८ र २०७४–७५ मा ८१२० ट्याक्सी चालकहरुलाई कारवाही गरेको थियो ।

यात्रुलाई ठगेर बेसी भाडा लिने ट्याक्सी चालकहरुका लागी विशेष अभियान सञ्चालन गरि कारवाही गरिएको जानकारी महाशाखाका प्रमुख एवमं प्रहरी बरिष्ठ उपरीक्षक बसन्त पन्तले बताए । उनले “दैनिक ४० देखि ५० ट्राफिक प्रहरीलाई बढी भाडा लिने ट्याक्सी जाँचका लागी पठाउँदै आएका छौं” भन्ने जानकारी दिनुभयो ।

Facebook Comments