काठमाण्डौंमा स्कुटि चलाउँदा ट्राफिक प्रहरीको मृत्यु

traffic-police-died-in-scooty-accident

एक ट्राफिक प्रहरीको काठमाडौँ महानगरपालिकामा सवारी दुर्घटनामा परी देहान्त भएको छ ।

ललितपुरको एकान्तकुनामा हिजो राति करिब १० बजे बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा कालीमाटी महानगरीय ट्राफिक प्रहरी वृत्तमा कार्यरत प्रहरी जवान सुमन प्रसाद कँडेलको मृत्यु भएको हो ।

जानकारी बमोझिम कँडेल आफैँ स्कुटर हाँकिरहेको क्रममा दुर्घटना भएको हो ।

बा १६ च ६८०२ नम्बरको कारका चालकले दुर्घटनामा परेर घाइते भएका कँडेललाई अल्का अस्पताल पुर्याएका थिए र अल्कामा उपचारको क्रममा नै ट्राफिक जवान सुमनको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवमं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिनु भएका छन् ।

प्रहरी महाशाखाले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।

Facebook Comments