मनोहरा, काठमाण्डौंमा टिप्परले ठक्कर दिँदा मोटर–साइकल चालकको मृत्यु

truck-accident

काठमाण्डौं कागेश्वरी मनोहरा नगरपालिका–७ खहरे चोकमा टिप्पर र मोटर–साइकल दुर्घटना हुँदा मोटर–साइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।

प्रहरीका जानकारी बमोझिम ना ५ ख ८०८४ नम्बरको टिप्परले बा ५४ प ७२६९ नम्बरको मोटर–साइकललाई ठक्कर दिएको हो र यो घटना गए राति १२ः३० तिरको हो, सो घटनामा निधन हुने मोटर–साइकलमा सवार सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर–४ का २० वर्षिय श्याम वि.क हुँन् ।

सोहि घटनामा घाइते भएका २३ वर्षिय निसान वि.कको काठमाण्डौं स्थित ट्रमा अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पर चालक भने फरारर नै छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments