माघ ७ गते राती नारायणहीटीमा राजा ज्ञानेन्द्र श्रीपेच लगाउने भएका छन्

king-is-coming-back-to-rule-nepal

काठमाडौ, माओवादी जनयुद्ध ६२ र ६३ सालको जनआन्दोलन पछि संविधान सभा मार्फत राजतन्त्र हटाईएको थियो र हाल राजा ज्ञानेन्द्र शाह यति बेला नेपालगञ्ज तिर बसीराख्नु भएको छ । करीब २ साता देखि त्यतै रहेका क्रममा उनले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगीसगँ केही दिन अघि भेटघाट गरेका थिए ।

यहाँ काठमाण्डौंमा राजा ज्ञानेन्द्रको समर्थनमा खुलेआम नाराजुलुश र राजतन्त्रको सभा गर्दै हिडेको राष्ट्रवादी नागरिक अभियान सघर्षका अभियान्ताहरुले यही माघ ७ गते राति शाह श्रीपेच लगाएर नारायणहिटि दरवारमा फिर्ता हुने चर्चा गरिरहेका छन् ।

काठमाण्डौं शान्ति बाटीकामा र्याली पछि गरिएको कोण सभामा बोल्दै अभियानकी उपसयोजक लक्ष्मी मल्लले “ श्री ५ बडामहाराज धिराज यति बेला नेपालगञ्जमा हुनुहुन्छ, अब माघ सात गते राति श्रीपेच लगाएर नारायणहिटीमा फर्कनु हुनेछ” भन्दै खुलेआम भाषण गरेकी थिइन् ।

प्रहरीले सुरक्षा दिएको उक्त कार्यक्रममा उनले केही दिनमा बाम गठबन्धन टुट्ने र राजा, दलहरुबीच ६३ सालमा भएको गोप्य सम्झौतालाई जनता सामु सार्वजनिक गर्न माग गरेकी छिन् । उनले किन त्यस्तो बोलिन ? साहकै आसय पाएर या मनगढन्ते रुपमा त्यो एकिन छैन र यस विषयमा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि भन्दै आएको हुँनुन्छ ।

कार्यक्रमका बक्ताहरुले प्रधानमन्त्री केपी ओली र प्रचण्ड नक्कली राष्ट्रवादी र दलाल भएको बताएका छन् । उनीहरुले नारामा देश टुक्रयाउन पाईदैन, प्रदेश सरकार चाहिदैन भन्ने नारा लगाएका थिए । पूर्व राजा ज्ञानेन्द्र शाह २०६५ साल जेष्ठ महिनामा राजतन्त्रको अन्त्य भएपछि नारायणहिटि छाडेर नागार्जुन दरबारमा सरेका थिए ।

Facebook Comments