त्रिभुवन विश्वविद्यालयका सहायक डीनले छात्रा माथि यौन र्दुव्यवहार

rape-attempt

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत एक छात्राले त्रि. वि. शिक्षा शास्त्रका सहायक डीन बबालाल साह माथि यौन र्दुव्यवहारको आरोप लागाएकी छिन् ।

ती छात्राले शिक्षा शास्त्र संकाएको शाखामा काम गर्ने सहायक डीन साहले कीर्तिपुरमा भएको नेपाल बैङ्कको शाखा नजिकैको भित्री बाटोमा उनी माथि यौन र्दुव्यवहार गरेको निवेदन विश्वविद्यालयमा दिएकी छिन् र साथै दोषी डीन माथि कार्वाहीको माग गरेकी छिन् ।

पिडित छात्राले सहायक डीन साहले करणी गर्ने योजना भएकोले उनको सम्बेदनशील अंगमा छोई हातपात गर्न खोजेको भन्दै कार्वाहीको मागका लागी शिक्षा शास्त्र संकाय, उपकुलपतिको कार्यालय, शिक्षा अध्यक्षको कार्यालय, रेक्टरको कार्यालय लगाएत महानगरीय प्रहरी वृत कालिमाटीमा निवेदन पेश गरेकी छिन् ।

बुधवार आरोपी साह माथि छात्रा माथि यौन र्दुव्यवहार गरेको भन्दै विद्यार्थीहरुले र्दुव्यवहार गरे र केहि समूहले उनको मुखमा कालो मोसो दलेका थिए । अहिले आरोपी साहलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ र बाँकी अनुसन्धान भइरहेको छ ।

Facebook Comments