चीन १० करोड डिग्री तापक्रम भएको आफ्नै सूर्य बनाउँदै

china-is-inventing-artificial-sun

चीनले कृतिम सूर्य बनाउने तयारी विज्ञान तथा प्रविधिमा क्रान्ति हाँसिल गर्न गरेको हो । चीनले केहि समय पहिले मात्र आफ्नै कृतिम चन्द्रमा निर्माण गर्ने भनेको थियो र हालै कृतिम सूर्य निर्माण गर्न तिर लागेको पाइन्छ चीन ।

“इष्ट” नामको कृतिम सूर्य बनिरहेको जानकारी चिनीयाँ एकेडेमी अफ साइन्स संग सम्बन्धित “इन्स्टिट्यूट अफ प्लाज्मा फिजिक्स”ले बताएको छ । यस कृतिम सूर्यलाई प्राकृतिक सूर्य कै आकार मा बनाइदैछ । इन्स्टिट्यूट अफ प्लाज्मा फिजिक्सले दिएको जानकारी बमोझिम कृतिम सूर्यको अहिले परिक्षण चलिरहेको छ । यस सूर्यलाई दिइएको नाम इष्टको पुरा नाम “एक्पेरिमेन्टल एड्भान्स्ड सुपरकन्डक्टिङ टोकामक” हो ।

संसारका विकसित राष्ट्रहरु न्यूक्लियर फिउजन् द्धारा उर्जा उत्पादन गर्ने गर्छन् । त्यसरी उर्जा उत्पादन गर्दा न्यूक्लियर फिउजन्बाट निस्कने तत्वहरु मानिस स्वास्थ्यको लागी एकदमै हानीकारक देखिएको पाइन्छ । यो कृतिम सूर्य प्रकाशको लागी नभएर उर्जा उत्पादन गर्नका लागी बनाइएको हो । चीन, रुस, अमेरिका लगाएत ३५ देशहरुको संयुक्त ग्लोबल रिसर्च “अन्तराष्ट्रिय थर्मोन्युक्लियर रियाक्टरमा” यस कृतिम सूर्यको ठूलो मद्दत रहने आशा गरिएको छ ।

artificial-sun-nuclear-reactor-machine

मेसिन मार्फत यस कृतिम सूर्यलाई तयार गरिने देखिन्छ । मेसिनको बिच भागमा गोलो आकारको खाली ठाउँ छ जस्मा गर्मी उत्पादन गर्न न्युक्लियर फिउजन गरिनेछ । यसलाई एकपटक प्रयोग गर्दा १५ हजार अमेरिकन डलर खर्च हुन्छ सो मेसिनलाई चाइनाको अन्हुइ प्रान्तस्थित विज्ञान द्वीपमा राखिएको छ ।

१० करोड डिग्रीसम्मको तापक्रममा काम गर्न सक्ने क्षमता भएको कृतिम सुर्य चिनीया वैज्ञानीकहरुले आफ्नै श्रोत र साधनले आफै बनाएको चिनीयाँ राष्ट्रिय संचारमाध्यमले बताएको छ ।

nuclear-reactor-machine-got-ten-crore-degree-heat-capacity

चीनले केहि समय अघि कृतिम चन्द्रमा बनाउने घोषणा गरेको थियो । चाइनाको “चेङगडु एइरोस्पेस साइन्स एण्ड टेक्नोलोजी माइक्रोइलेक्ट्रोनिक्स सिस्टम रिसर्च इन्सटिट्युट” कम्पनीले सन् २०२० सम्म कृतिम चन्द्रमा बनाउने घोषणा गरेको थियो । उनीहरुको उद्दयश्य रातीको समय बाटोमा उज्यालेको लागी प्रयोग हुने बत्तीहरुलाई कृतिम चन्द्रमाले बिस्थापित गर्नु हो । जानकारी बमोझिम यस कृतिम चन्द्रमा अहिलेको प्राकृतिक चन्द्रमा भन्दा ८ गुणा बेसी चम्कीलो हुँनेछ ।

chinese-company-inventing-artificial-moon

Facebook Comments