बुटवलबाट ३ जना ३० केजी चरेस सहित पक्राउ

charas-caught-butwal

बुटवलबाट ३ जनालाई प्रहरीले ३० केजी आगुऔषध चरेस सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले शनिबार साँझ करिब ६ बजे प्रदेश नम्बर–५ प्रहरी ब्यूरोको बिशेष जानकारीको आधारमा बुटवल बसपार्कबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

लागुऔषधको अभियोगमा पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ का ३६ बर्षिय राजकुमार स्याङताङ, सोहि नगरपालिका वडा नम्बर ९ का ३७ बर्षिय ईन्द्रमान तामाङ र भर्खरका १९ बर्षिय युवा शंकर तामाङ रहेका छन् ।

मकवानपुरबाट आलुको बोरामा ३० केजी लागुऔषध चरेस लुकाएर ल्याउँदै गरेको अवस्थामा चरेस बरामद प्रहरीले गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले बताएका थिए ।

नायब उपरीक्ष डिल बहाखुर मल्लले, २ वटा आलुको बोरामा चरेस लुकाएर बुटवल ल्याइएको र उक्त चरेस बुटवल बसपार्कबाट ओटोरिक्साको माध्यमबाट इट्टाभट्टातर्फ लैजाँदै गरेको जानकारी प्रहरी ब्यूरोले दिएको आधारमा प्रहरीले पक्राउ गरेको बताउँनु भयो ।

ईलाका प्रहरी कार्यालय बुटवलमा थप अनुसन्धानका निम्ती लागुऔषधका अभियोगमा पक्राउ परेका ति ३ व्यक्तिलाई राखिएको छ ।

Facebook Comments