दुई जना नेपाली महिला भारतमा चरेस सहित पक्राउ

charas-smuggler-arrested

भारतको रुपैडियाबाट रोल्पाका दुई जना महिला लागुऔषध चरेस सहित पक्राउ परेका छन् ।

रुपैडिया बसपार्कबाट रोल्पाका दुई महिला माया देवी र शिरकुमारीलाई भारतीय आर्मी (एसएसबी) र प्रहरीले लागुऔषध चरेस सहित पक्राउ गरेको हो ।

नेपाल पुलिसको आँखा छलेर नेपाल भन्सार कटिसकेका ति दुई महिलालाई विशेष सुराकीको आधारमा एसएसबीले रुपैडिया बसपार्कबाट पक्राउ गरको हो ।

ति दुई महिला ६ किलो आगुऔषध चरेस खाना बनाउने “डेग” भित्र राखेर हिमाञ्चल प्रदेशको कुल्लुमनाली जाने क्रममा रुपैडियाको मुख्य चेक पोष्ट कटिसके पश्चात सुराकीको आधारमा पक्राउ परेका हुँन् ।

आफ्नो खुट्टा मुनि चरेस राखेको डेग लुकाएर अटोरिक्सामा उनीहरुले नाका पार गरेका थिए । नेपालको नाकामा नेपाली सुरक्षाकर्मीहरुले उनीहरुको झोला मात्र चेक गरेका थिए भने डेगलाई केहि संंका नभएको कारण हात लगाएका थिएनन् ।

रुपैडियाको मुख्य चेकिङ पोष्ट कटे पछि ति दुई महिला निकै उत्साहित भएका थिए र उनीहरुको अनौठो कुराकानीका कारण तिनीहरु चढेका रिक्साका चालकले उनीहरुको खबर प्रहरीमा गर्दिएका थिए । सो खबरका आधारमा उक्त स्थानको प्रहरी कार्यालयले उनीहरुलाई बसपार्कबाट नै नियन्त्रणमा लिएको थियो ।

पक्राउ पश्चात महिलाहरुले रोल्पाबाट उक्त चरेस २ लाख रकममा खरिद गरेर ल्यायको बताएका छन् । उक्त चरेस भारतमा निकै नै महंगोमा बिक्रि हुँने भएकाले धेरै नै पैसा कमाउँने उनीहरुको आश थियो । ति दुई महिला मध्य एक जना चाँहि पहिले नै लागुऔषध चरेसको मामलामा समातिएर ३ बर्ष जेल सजाए काटिसकेकी थिइन् ।

पक्राउ परेका ति दुई महिलालाई एसएसबीले आवश्यक कार्वाहीका लागी बहराइच कारागार चलान गरेको छ ।

Facebook Comments