५० रुपैंया घुस दिने पक्राउ

corrupted-driver
सांकेतिक तस्वीर

प्रहरीलाई ५० रुपैंया घुस दिएको अभियोगमा एक जना पक्राउ परेका छन् । नवलपरासी कावासोती–१६ का २६ बर्षिय यस बहादुर भुजेललाई ट्राफिक प्रहरीको समूहले बिहिबार बेलुका प्रहरीलाई लोभ देखाउँदै ५० रुपैंया घुस दिएको अभियोगमा काठमाण्डौं महानगरपालिका–१९ रामघाटबाट पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीको टोलीले ना ४ ख ९२२७ नम्बरको ट्रक चेकिङ गर्ने क्रममा गाडिका चालक यम बहादुर भुजेलले गाडिको कागजात संगै प्रहरीलाई प्रलोभन देखाउन ५० रुपैंया रकम घुस दिएको प्रहरीको दाबी छ ।

प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताएको ।

Facebook Comments