घुसखोरी म्याग्दिका वन अधिकृत घुस सहित रङ्गेहात पक्राउ

forest-officer-arrested-for-corruption

पौष ६, म्याग्दि – म्याग्दिका वन अधिकृत घुस सहित रङ्गेहात पक्राउ परेका छन् । बेनी नगरपालिका–७ स्थित सव–डिभिजन वन कार्यलयका वन अधिकृत राजकुमार ठाकुरलाई अख्तियारको टोलीले ३४ हजार घुस सहित रङ्गेहात पक्राउ गरेको हो ।

अख्तियारले अधिकृत राजकुमार सव–डिभिजन कार्यलयको आवासगृहको कोठामा काठ ओसार–पसार सम्बन्धि मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट रकम लिँदै गरेको क्रममा समातिएको जानकारी दिएको छ ।

पोखरा कार्यलय आयोगका अनुसार काठ मुद्दा मिलाइदिने भन्दै अधिकृत राजकुमार ठाकुरले रकम मागेपछि सेवाग्राहीले विद्यार्थी नेतालाई खबर गरेका थिए र विद्यार्थी नेताले यो कुराको जानकारी अख्तियारलाई दिएपछि उनी पासोमा परेका हुँन् ।

Facebook Comments