काठमाण्डौंमा दुई समूह बिच झगडा – खुकुरी प्रहारमा एकको मृत्यु

kathmandu-gang-fight-one-died

काठमाडौंको तिनकुने स्थित गैरीगाउँमा दुई समुह बिच डरलाग्दो झगडा भएको छ उक्त झगडामा एकजनाको मृत्यु भएको छ । गैरीगाउँको सुकुम्बासी टोलमा दुई समूहबीच ‘ग्याङ फाईट’ सोही टोलमा भएको हो र त्यही टोलमा बस्दै आएका विक्की लिम्बुको मृत्यु भएको हो । विक्की लिम्बुलाई झगडाका क्रममा अर्को समूहकोले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए र उनको बानेश्वर स्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

२३ बर्षीया अनिल श्रेष्ठ घटनामा सिकिस्त घाईते भएका छन् र उनको उपचार ट्रमा सेन्टरमा भईरहेको छ । बानेश्वर सुकुम्बासी टोलमा भएको ग्याङ फाईटको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले ‘घटनाको थप विवरण आउन बाँकी छ ’ भनेका छन् ।

प्रहरीको जानकारी अनुसार सुकुम्बासी बस्तीस्थित बाग्मती पुलवारीको शान्तिनगर टोल र पुलपारीको जोगी टोलमा बस्दै आएका दुई समूहको बिचमा ड्रग्सको डिलरको विषयलाई लिएर झगडा भएको र खुकारी हाना–हान भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यस अपराधमा संलग्न व्यक्तिहरु मध्ये अधिकांश ड्रग्स प्रयोगकर्ता तथा कारोवारी रहेको खुलेको छ ।

Facebook Comments