काम गर्न कुवेत गएकी आमा २ बर्ष देखि सम्पर्क विहिन हुँदा खोजी गर्दिन छोराछोरीको आग्रह

nepalese-women-lost-kuwait

घर–खर्च सम्हाल्न र आफ्नो सन्तानको भविष्य सुनिस्चित गर्न खाडि देश कुवेतमा रोज्गारीका लागी गएकी एक महिला गएको २ साल देखि सम्पर्क विहिन भएकी छिन् ।

घरेलु कामदारको रोज्गारमा करिब ६ बर्ष अघि कुवेत गएकी मकवानपुरकी बासी कल्पना परियार झन्डै २ बर्ष देखि सम्पर्क विहिन भएकी छिन् ।

आफ्नी आमा २ बर्ष देखि सम्पर्क विहिन भएपछि उनकी छोरीले कुवेतबाट सञ्चालन भइरहेका मिडियाहरु, नेपाली राजदूतावास, एनआरएनए लगाएत नेपाली संघ–संस्थाहरुलाई आफ्नी सम्पर्क विहिन आमा खोजी गर्दिन आग्रह गरेकी छिन् ।

सम्पर्क विहिन कल्पना परियारको १ छोरा र २ छोरी छिन् । छोरीहरु मध्य एउटी चाँहि सुस्तमनस्थितिकी छिन् र उनको छोरा भने भर्खर १२ सालका छन् । कल्पनाकी जेठी छोरीले आफ्नै गाउँको कुवेतमा काम गर्दै आएकी एक जना चिनेकी दिदि मार्फत कुवेत स्थित नेपाली राजदूतावास तथा नेपाली संघ–संस्थाहरुमा आफ्नी हराएकी आमा खोजी गरिदिन आग्रह गरेकी हुँन् ।

सो विषय कुवेतमा काम गर्दै आएकी कल्पनाकी छिमेकीले राजदूतावासमा खबर गरेता पनि राजदूतावासले केहि पहल नगरेको उनले जानकारी दिएकी छिन् । कल्पनाकी छिमेकीले नेपाली राजदूतावासमा कल्पना काम गर्ने घर मालिकको सम्पर्क नम्बर र उनको काममा गएको भिसाको प्रतिलिपि समेत दूतावासलाई उनको खोजीको निम्ती बुझाइसकेको बताएकी छिन् ।

Facebook Comments