धनगढीका सान रवि ओडलाई धेरै भोटले बिजयी गराऔं – भोट गर्ने तरिकाहरु

nepal-idol-season-two-ravi-odd

‘नेपाल आइडल सिजन–२’ का प्रमुख दाबेदार प्रतिसप्रधि रवि ओडलाई जिताउन अहिले देश–विदेशमा उनको जितको लागी अभियान चलाइएको छ । अधिकांश नेपाली समर्थकहरुले सामाजिक सञ्जाल र होर्डिङ बोर्डको मार्फत रविलाई नेपाल आइडल जिताउन अभियान चलाएका हुन् ।

उनले नेपाल आइडलमा ‘अडिसन’ दिएको धनगढीको स्थिति रविमय देखिन्छ र ठाउँ–ठाउँमा उनको नाममा होर्डिङ बोर्ड उनको चर्चाको निम्ती टाँसिएका छन् । धनगढीमा ‘नेपाल आइडल सिजन–२ का शान, रवि ओडलाई मतदान’ नाराका साथ रवि ओडको व्यापक प्रचार भइरहेको छ ।

धनगढी स्थित ‘समर्पण पुस्तक पसल’ का सञ्चालक डिल्लीराज ओझा ‘समर्पण’ले भने, ‘हामीले रविलाई जिताउन यहाँबाट अत्यधिक भोट गर्ने सक्दो प्रयास गरिरहेका छौं र प्रचारका लागी ठाउँ–ठाउँमा रविको नाममा होर्डिङ बार्ड टाँसिएका पनि छन् । सबैले आ–आफ्नो ठाउँबाट रविलाई नेपाल आइडलको बिजेता बनाउन प्रचार–प्रसारमा जोड दिनुपर्छ ।’

नेपाल आइडलमा उत्कृष्ट प्रस्तुति दिदैं ‘टप फाइभ’ मा प्रवेश गर्न सफल रविलाई जिताउन विदेशमा भएका नेपालीहरुले पनि विभिन्न अभियान चलाइ रहेका छन् । हाल अधिकांश समर्थकहरुले रविलाई भोट कसरी गर्ने, अत्याधिक भोट कसरी दिन सकिन्छ भन्ने विषयमा प्रचार गरिरहेका छन् ।

समर्थकहरुले सामाजिक सञ्जाल फेसबुक, टुइटर लगायतको समाजिक संजालहरुको रविलाई जिताउन व्यापक सदूपयोग गरिरहेका छन् । अहिले जोरदार प्रतिसप्रधाले गर्दा नेपाल आइडलको कार्यक्रम एकदमै रोमाञ्चक भइरहेको छ । नेपाल आइडलको पछि भइरहेको हरेक कार्यक्रमहरु विशेष बन्दै गइरहेका छन् । यस नेपाल आइडल संगीत प्रतिसप्रधाको जजमा न्ह्यु वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा रहेका छन् ।

रवि ओडलाई भोट गर्ने तरिकाहरु

मोबाइलको म्यासेज बक्समा गएर १० टाईप गरी ३१००९ मा म्यासेज सेन्ड गरि रबिलाई भोट गर्न सक्नुहुन्छ हुन्छ । भोटिङ गर्ने समय बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुनेछ र शुक्रबार बिहान १२ बजे पछि समाप्त हुँनेछ । विदेशमा बस्नेहरुले रविलाई भोट गर्न Rise and Respect App डाउनलोड गर्नु पर्नेछ र उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

आइडलको ‘टप ५’ मा पुग्न सफल प्रतिस्पर्धीहरु

  • रवि ओड
  • बिक्रम बराल
  • अमित बराल
  • अस्मिता अधिकारी
  • सुमित पाठक
Facebook Comments