बुद्ध एयरलाइन्स्ले पुष्पकमल दाहाललाई धोका दिएको जानकारी

buddha-airlines-betrayed-prachanda

नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई बुद्ध एयरको बिमानले धोका दिएको कारणले एयरपोर्टबाट फर्किन बाध्य हुँनु भएको जानकारी हामीले न्यूज २४ नेपालबाट पायौं । विमानस्थलबाटै प्रचण्ड काठमाण्डौंबाट भरतपुर उड्ने जहाज समयमा नउडे पछि फर्किन बाध्य हुनु भएको हो ।

जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको स्थानीय पूर्वाधार विकास साझेदारी सम्बन्धि परामर्श बैठकमा सहभागीता जनाउन प्रचण्ड आज चितवन जाँदै हुनुहुन्थ्यो । उहाँ चितवन क्षेत्र न. ३ का सांसद समेत हुनुहुन्छ ।

उहाँको भरतपुर चितवन जाने कार्यक्रम १० बजे बिहान बुद्ध एयरको फ्लाइटमा र त्यही प्लेनमा साँझ ३ः४५ बजे फर्किने थियो तर विमानका ढिलाइका कारण प्रचण्ड फर्किनु भएको थियो ।

करिब १ घण्टा विमानस्थलमा उडानको पर्खाइ पछि विमान नउड्ने हुँदा प्रचण्ड विमानस्थलबाट फर्किनु भएको थियो । भरतपुर महानगरपालिकाका प्रमुख रहनु भएकी प्रचण्डकी छोरी रेणु दाहालले काठमाण्डौं विमानस्थलमा १ घण्टा बस्दा पनि प्लेन नउडे पछि काठमाण्डौंमा हुने आर्को कार्यक्रमलाई समेत प्रभावित हुने देखेर प्रचण्ड फर्किनु भएको बताउनु भएको थियो ।

काठमाण्डौंको मौसम बिहानबाटै सफा थियो र चितवनको पनि ९ः५८ बजे पछि मौसम सफा नै थियो । विमान ढिलो हुनुको कारण बुद्ध एयरले प्लेन अन्तै पाठाएर हो भन्ने थाहा पाइएको छ ।

भरतपुर बुद्ध एयरका प्रबन्धक भक्त बहादुर बस्नेतले प्रचण्ड आधा घण्टा मात्रै काठमाण्डौं विमानस्थलमा बसेर फर्किनु भएको बताउनु भयो । भक्त बहादुर बस्नेतको भनाई अनुसार हवाइ ट्राफिकका कारण यात्रुहरु विमानमा बसे पनि उडान सफल हुन सकेको थिएन ।

Facebook Comments