ट्याक्सी चालकले आफ्नो सवारीले ट्याक्सीमा छाडेको ३.५ लाख मूल्य बराबरको सुन प्रहरीलाई बुझाए

honest-cab-driver

काठमाण्डौं उपत्यकाका एक इमान्दार ट्याक्सी चालकले आफ्नो ट्याक्सीमा प्यासेन्जरले बिर्सेको ३.५ लाख मूल्य पर्ने सुन र केहि रकम उनले ट्राफिक प्रहरीलाई बुझाएका छन् । उक्त भेटिएको रकम र सुन ट्राफिक प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाइसकेको छ ।

बा २ ज २२७९ नम्बरका ३८ बर्षिय ट्याक्सी चालक सिमल राई धरान उपमहानगरपालिका–१९ चौकीबारीका बासी हुँन् । हाल भिमसेनगोला बस्दै आएका राईले आफ्नो ट्याक्सीमा भेटिएको गहना र रकम इमान्दार भइ ट्राफिकलाई बुझाएका हुँन् ।

उनको ट्याक्सीमा अनामनगरबाट नैकाप जान लागेका एक यात्रुले बिर्सेको सामान उनले एक असल नागरिकको पहिचान दिँदै आफै ट्राफिक कार्यालय गइ सामान बुझाएका हुँन् ।

गुल्मी बाझकटेरी–३ का बासी र हाल काठमाण्डौं थापागाउँमा बस्दै आएकी २८ बर्षिया वसन्ता भुषालको उक्त गहना र रकम रहेको बताइएको छ । सामान धनीको पत्तो लागे पश्चात ट्राफिक प्रहरीले भेटिएको गहना र रकम बसन्ताकी २४ बर्षिया बहिनी सोनीया भुसाललाई हस्तान्तरण गर्दिएको छ ।

Facebook Comments