आमालाई कुट्ने र्निदयी छोरा – आमा रुदाँ समेत कुट्न छाडेनन् (भिडियो हेर्नुहोस्)

son-beating-his-mother-due-to-she-scold-him

अहिले समाजिक संजालमा आफ्नै आमालाई र्निदयीताले कुटेको भिडियो भाइरल भएको छ । एक युवकले आफ्नी आमालाई झाडुले कुटेको उक्त भिडियोमा दृश्य हेर्न सक्नुहुन्छ । यो भारतमा भएको घटना अहिले समाजिक संजालमा भाइरल भइरहेको भिडियो कर्नाटकको बेंगलुरु शहरको हो ।

यस भिडियोमा युवकले आफ्नी आमालाई झाडुले पिटिरहेको दृश्य हामी देख्न सक्छौं । तिनी महिलाले आफ्नो छोराले परिक्षामा थोरै नम्बर ल्याएको हुँदा गाली गरेकी थिइन् र छिमेकिको अगाडि गाली गरेर आफ्नो बेइज्जत गरेको भन्दै आफ्नी आमालाई उनले पिटेका हुँन् ।

तिनी युवकका बहिनीले उक्त आमालाई पिटिरहेको भिडियो बनाएर समाजिक संजालमा सार्वजनीक गरेकी थिइन् । “जे गर्नु छ गर तर म तँलाई तह लगाएरै छाड्छु” भन्दै आफ्नी आमा कुटेका छन् ।

भिडियो चर्चामा आए पछि पुलिसले उनलाई कार्वाही गरेर आफ्नो नियन्त्रणमा लिएको । आमालाई सताएको र दुःख दिएको कारण भारतीय प्रहरीले उनलाई गिरफ्तार गरेको हो र पछि आफ्नी आमा संग माफि मागिसके पछि उनलाई पुलिसले छाडिदिएको भारतीय संचार माध्यमहरुले बताएका छन् ।

Facebook Comments