प्रधानमन्त्री केपी ओली : अब भ्रष्टचार लुक्दैन

oli-stop-corruption

अब कसैले पनि भ्रष्टचार लुकाउन सम्भव नहुने र भ्रष्टचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेको दाबी प्रधानमन्त्री केपी ओली सरकारले गरेका छन् ।

प्रधानमन्त्री ओली “हामी भ्रष्टचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेका छौं, अब भ्रष्टचार लुकाउन सम्भव छैन, त्यसैले अब भ्रष्टचार भ्रष्टका लागी पनि शत्रु नै हो” भन्ने कुरा सोमबार आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको कार्यक्रममा प्रधानमन्त्रीले भने ।

भ्रष्टचारको अन्त्य कारबाही गरेर दण्ड विधिबाट भन्दा नियन्त्रणको विधिबाट अन्त्य गर्नुपर्ने प्रधानमन्त्रीले बताए । “ऋषिमुनि, सन्त र माहात्माहरुको देश र त्यस्ताका सन्तति हामीले नगरे कसरी हुन्छ भ्रष्टचार ?” उनले भने “हरेकले भ्रष्टचार नगर्ने प्रतिज्ञा गर्ने हो भने भ्रष्टचार नै हुँदैन ।” प्रधानमन्त्रीले भ्रष्टचार ढाकछोप गर्ने प्रवृतिलाई समाप्त गनुपर्ने बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा उल्लेख गरिएको छ ।

Facebook Comments