संसारको सबै भन्दा महङ्गो १० कारहरु – तस्विरहरु सहित

expensive-10-cars-in-world

तल दिइएको कारहरुको जानकारि उत्पादन भइरहको कारहरुको हो । संसारमा उत्पादन भएका कारहरु मध्य सबै भन्दा महंगा १० कारहरुको बिवरण तल दिइएको छ ।

१. लाइकन् हाइपर्स्पोर्ट (Lykan Hypersport)

lykan-hypersport-expensive-car
लाइकन् हाइपर्स्पोर्ट संसारकै महंगो कार हो । यस कारको बनावट एकदमै सुन्दर छ, कारको एलइडि लाइटमा ४२० वटा हिराहरु छन् र माथिको भाग अथवा छत् चाहि सुनले मोहोरिएको छ । लाइकनको इन्जिनको शक्ति ७५० हर्सपावर र उच्च गति २४५ माइल प्रति घण्टा छ । यस कारको मुल्य ३४ लाख अमेरिकन डलर तोकिएको छ ।

२. म्याकलरेन पी१ जिटिआर (Mclaren P1 GTR)

mclaren-p1-gtr-expensive-car
म्याकलरेन पी१ जिटिआर संसारको दोस्रो महंगो कार हो । यस कारलाइ एकदमै शक्तिशाली रेसिङ् कारका रुपमा लिइएको छ । पी१ जिटिआरको इन्जिनको शक्ति ९८६ हर्सपावर र उच्च गति २२५ माइल प्रति घण्टा छ । यस कारको खरिद मुल्य ३३ लाख अमेरिकन डलर तोकिएको छ ।

३. बुगाटी चिरोन (Bugati Chiron)

bugati-chiron-expensive-car
बुगाटी चिरोन हाइपर कारहरुमा गनिने कार हो यसको बनावट एकदमै आर्कसक छ । यस कारको इन्जिनको शक्ति १५०० हर्सपावर र उच्च गति २६१ माइल प्रति घण्टा छ । डबल क्लच प्रणाली भएको यस कारमा ७ ओटा गेर छन् । बुगाटी चिरोनको खरिद मुल्य २६ लाख अमेरिकन डलर छ, यो संसारको तेस्रो महंगो कारमा पर्छ ।

४. पगानी हुएरा रोडस्ट्र (Pagani Huayra Roadster)

pagani-huayra-roadster-expensive-car
पगानीको संस्थापक हरासिओ पगानी हुन् जस्ले पहिले ल्याम्र्बोगीनी कम्पनीको लागी काम गरेका थिए । पगानीको पहिलो कार सन् १९९९ मा बनेको थियो । पगानी हुएरा रोड्स्ट्र संसारकै चौथो महंगो कार हो र यसको खरिद मुल्य २४ लाख अमेरिकन डलर छ । यो कारको उच्च गति २३० माइल प्रति घण्टा र इन्जिनको शक्ति ७५४ हर्सपावर छ ।

५. ल्याम्र्बोगीनी सेन्टेनारिओ रोडस्टर (Lamborghini Centenario Roadster)

lamborghini-centenario-roadster
यसका संस्थापक पनि फेर्रुस्सिओ ल्याम्र्बोगीनी नै हुन् । ल्याम्र्बोगीनी सेन्टेनारिओ रोडस्टरको मुल्य २३ लाख अमेरिकन डलर छ । यस कारको इन्जिनको शक्ति ७७० हर्सपावर र उच्च गति २१७ माइल प्रति घण्टा छ ।

६. कोइनिग्सेग रेगेरा (Koenigsegg Regera)

koenigsegg-regera-expensive-car
कोइनिग्सेग रेगेरा सुइ्डेन्मा बनेको स्पोर्ट कार हो । यस कारको इन्जिनको शक्ति १५५० हर्सपावर र उच्च गति २५० माइल प्रति घण्टा छ । यो रेगेरा सुन्दर कारको खरिद मुल्य २० लाख अमेरिकी डलर छ ।

७. ल्याम्र्बोगीनी सेन्टेनारिओ (Lamborghini Centenario)

lamborghini-centenario-expensive-car
ल्याम्र्बोगीनीका संस्थापक फेर्रुस्सिओ ल्याम्र्बोगीनी हुन् । ल्याम्र्बोगीनी सेन्टेनारिओ कार २०१६ मा बजारमा ल्याइयको थियो । यसको खरिद मुल्य १९ लाख अमेरिकी डलर तोकिएको छ । सेन्टेनारिओ कारको उच्च गति २१७ माइल प्रति घण्टा र यसको इन्जिनको शक्ति ७७० हर्सपावर छ ।

८. हेन्नेस्सि भेनम् याफ्५ (Hennessey Venom F5)

hennessey-venom-f5-expensive-car
हेन्नेस्सि कम्पनीका संथापक तथा प्रमुख कार्यकारी अधिकृत जोन हेन्नेस्से हुन् । भेनम् याफ्५ को इन्जिनको शक्ति १४५१ हर्सपावर रहेको छ र यस कारको जानकारी बमोझिम् उच्च गति ३०० माइल प्रति घण्टा छ । यस कारको मुल्य १६ लाख अमेरिकी डलर राखिएको छ ।

९. निओ इपी९ (NIO EP9)

nio-ep9-expensive-car
निओको स्थापना २०१४ मा सांघाई, चाइनामा भएको थियो । यो निओ इपी९ संसारकै छिटो कुद्ने बिधुतीय कार हो जसको इन्जिनको शक्ति १३४१ हर्सपावर छ । निओ इपी९ को उच्च गति १९५ माइल प्रति घण्टा छ । यो कार बजारमा २०१९ मा ल्याइनेछ र यसको खरिद मुल्य १५ लाख अमेरिकी डलर राखिनेछ ।

१०. यटियास् जिटि (ATS GT)

ats-gt-expensive-car
भूतपुर्व फरारि कम्पनीका कर्मचारी कार्लो चिटि र जिइओट्टो बिज्जार्रिनीले यटियास को स्थापना सन् १९६३ मा गरेका थिए । यो कार इटलीमा २०१८ सालमा उत्घाटन गरिएको हो । यो स्पोर्ट कार जस्तो देखिन्छ र कारको इन्जिनको शक्ति ६५० हर्सपावर र अधिक गति २०६ माइल प्रति घण्टा छ । यटियास् जिटिको बजारि मुल्य १३.५ लाख अमेरिकी डलर रहेको पाइन्छ ।

Facebook Comments