२०१८ अनुसार संसारका १० धनी मानिसहरु जान्नुहोस्

संसारमा धेरै धनाड्य मानिसहरु छन् ति मानिसहरु मध्य आज हामी संसारका १० प्रमुख धनी व्यक्तिहरुका बिषयमा जान्नेछौं । अहिले २०१८ को जानकारी अनुसार संसारका धनीहरुको विवरण तल दिइएको छ ।

संसारका १० धनाड्यहरु जान्नुहोस्स्

१. जेफ् बेजोस् (Jeff Bezos)
jeff-bezos-richest-man

जेफ्को पुरा नाम जेफ्रे पे्रस्टन बेजोस् हो । अहिलेका संसारकै धनी व्यक्तिमा गनिने जेफ्को कुल सम्पत्ति १ खर्ब १२ अर्ब अमेरिकी डलर रहेको पाइन्छ र त्यसको श्रोत एम्याजोन देखिन्छ ।

२. बिल गेट्स् (Bill Gates)
bill-gates-richest-man

बिल गेट्स्को पुरा नाम व्इलियम हेन्री गेट्स् हो । यिनी माइक्रोसफ्ट् कम्पनीका संथापक हुन र अमेरिकी व्यपारी, मानवअधिकारवादि, लेखक, तथा लगानी कर्ताका रुपमा पनि यिनी प्रख्यात छन् । जानकारी बमोझिम् गेट्स्को कुल सम्पत्ति ९० अर्ब अमेरिकी डलर देखिन्छ र उनको सम्पत्तिको श्रोत माइक्रोसफ्ट हो ।

३. वार्रेन बफ्फेट् (Warren Buffett)
richest-man-warren-buffet

वार्रेनको पुरा नाम वार्रेन एड्वार्ड बफ्फेट् हो । यिनी अमेरिकन व्यापारी, मानवअधिकारवादि, प्रचारक तथा लगानी कर्ताका रुपमा विश्व भर चिनिन्छन् । वार्रेन संसारकै तेस्रो धनी व्यक्ति हुन्, उन्को सम्पत्ति कुल ८४ अर्ब अमेरिकी डलर रहेको पाइन्छ र सम्पत्तिको श्रोत बर्कसायर ह्यातअव्य देखिन्छ ।

४. बर्नार्ड र्आनौल्ट (Bernard Arnault)
richest-man-bernard-arnault

बर्नार्डको पुरा नाम बर्नार्ड जिन एटिन्नि र्आनौल्ट हो र यिनी फ्रेन्च व्यपारी तथा लगानी कर्ता हुन् । ७२ अर्ब अमेरिकी डलरका मालिक बर्नार्ड संसारकै चौथो धनी व्यक्तिमा चिनिन्छन् । यिनको सम्पत्तिको श्रोत याल्भियम्यच हो ।

५. मार्क जूकेरबर्ग (Mark Zuckerberg)
richest-man-mark-zuckerberg

अमेरिकन प्राबिधिक उद्यमी मार्कको पुरा नाम मार्क इलीओट जूकेरबर्ग हो । सानै उमेरमा यिनले संसारमै पाँचौ धनी व्यक्तिमा गनिएर नाम कमाउन सफल भएका छन् । जानकारी बमोझिम उनको कुल सम्पत्ति ७१ अर्ब अमेरिकी डलर रहेको पाइन्छ र सम्पत्तिको श्रोत फेसबुक देखिन्छ ।

६. अमानसिओ ओर्टेगा (Amancio Ortega)
richest-man-amancio-ortega

अमानसिओ को पुरा नाम अमानसिओ ओर्टेगा गाओना हो । संसारकै छैटौं धनी व्यक्तिमा गनिने अमानसिओ स्प्यानिस व्यापारी हुन् । यिनी इन्डिटेक्स फेसन गु्रपका संस्थापक हुन् र जारा लुगाको व्यवसायले यिनी प्रचलीत छन् । अमानसिओको सम्पत्ति कुल ७० अर्ब अमेरिकी डलर छ र यिनको सम्पत्तिको श्रोत जारा हो ।

७. कार्लोस स्लिम हेलु (Carlos Slim Helu)
richest-man-carlos-slim-helu

कार्लोस संसारको ७ औं धनी व्यक्ति हुन् र यिनी मेक्सिकोको व्यपारी, मानवअधिकारवादी, लगानीकर्ता तथा इन्जिनियर पनि हुन् । यिनको सम्पत्ति ६७.१ अर्ब अमेरिकी डलर रहेको छ र सम्पत्तिको श्रोत टेलिकम अथवा संचार हो ।

८. चार्ल्स कोच (Charles Koch)
richest-man-charles-koch

चार्ल्सको पुरा नाम चार्ल्स दि गनाहल हो र यिनी संसारको ८ औं धनी व्यक्तिमा गनिन्छन् । यिनको कुल सम्पत्ति ६० अर्ब अमेरिकी डलर रहेको छ र सम्पत्तिको श्रोत कोच इन्डष्ट्रि रहेको छ । चार्ल्स अमेरिकन व्यापारी, राजनितिक दाता र मानवअधिकारवादी हुन् ।

९. डेविड कोच (David Koch)
richest-man-david-koch

यिनको पुरा नाम डेविड हेमिल्टन कोच हो, कोच संसारकै नऔं धनी व्यक्तिमा गनिन्छन् । उनि अमेरिकन व्यापारी, मानवअधिकारवादि साथ–साथै रसायन इन्जिनियर पनि हुन् । उहाँको सम्पत्ति कुल ६० अर्ब अमेरिकी डलर रहेको छ र उनको सम्पत्तिको श्रोत कोच इन्डष्ट्रि हो ।

१०. ल्यारि एलिसन (Larry Ellison)
richest-man-larry-ellison

१७ अगष्ट १९४४ मा जन्मिएका ल्यारि एलिसन जो संसार कै धनी मानिसहरु मध्य दशौं अंकमा पर्दछन् यिनी अमेरिकन व्यापारी साथ—साथै उनि ओर्याकल कर्पोरेसन कम्पनीका सह—संथापक पनि हुन् । यिनको पूरा नाम लरेन्स जोसेफ एलिसन् हो । उनको कुल सम्पत्ति ५८.५ अर्ब अमेरिकी डलर रहेको छ र उनको सम्पत्तिको श्रोत सफ्ट्व्यरको बिजने हो ।

Facebook Comments