यी मन्त्री हटाउने दाउमा सरकार, ओली दाहालको गोप्य बैठक

kp-oli-said-government-know-how-to-develop

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद तत्काल मिल्ने संकेत देखिएको छैन ।

अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फस्ल्याङ फुस्लुङ बनाएर पार्टी र सरकार कब्जा गरिरहने मुडमा पुगेको टिप्पणी हुन थालेको छ ।

तीनरचार दिन अगाडि ओली र दाहालबीच ललितपुरको भैंसेपाटीमा गोप्य बैठक भएको स्रोत बताउँछ । भैंसेपाटीको गोप्य बैठकमा ओली र दाहालले अहिलेका केही मन्त्रीहरूलाई हटाएर नयाँ अनुहार पठाउने सहमति समेत गरेको बताइएको छ ।

दाहालले आफ्नी बुहारी बिना मगरलाई खानेपानी मन्त्रीबाट नहटाउन ओलीलाई आग्रह गरेको स्रोतले जनाएको छ । मन्त्रालयको कार्यसम्पादनमा सबैभन्दा कमजोर अंकसहित मन्त्री मगर पुच्छारमा छिन् ।

मगरलाई हटाउँदा आफूलाई नै प्रश्न उठ्ने भन्दै दाहालले ओलीलाई कन्भिन्स गरेको बताइन्छ । ओली र दाहालबीच पर्यटनमन्त्री रविन्द्र अधिकारी, यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ, वनमन्त्री शक्ति बस्नेत, संघीय मामिला मन्त्री लालबाबु पण्डितलगायतलाई हटाएर नयाँ अनुहार पठाउने विषयमा छलफल भएको स्रोत बताउँछ ।

सञ्चारमन्त्री गोकुल बास्कोटालाई ओलीकै इच्छा बमोजिम तत्काल केही नगर्ने सहमति भएको चर्चा छ ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीका कारण सरकार सबैभन्दा धेरै बद्नाम भएको ओली र दाहालको बुझाइ छ । अधिकारीलाई तत्काल हटाउँदा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको मनोबल उच्च हुने भन्दै यो विषयलाई अरु मन्त्री परिवर्तन गर्ने बेलासँगै अगाडि बढाउने गरेर ओली–दाहाल सहमत भएको स्रोतको भनाई छ ।

एक वर्षको दौरानमा मन्त्रीहरूले पार्टीको घोषणापत्रअनुसार काम गर्नेभन्दा पनि ‘कमाइ गर्ने’ धन्दामा लागेका हुँदा उनीहरु बर्खास्तमा पर्ने खतरा छ ।

गोप्य बैठकमा भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकेको भन्दै ओलीसँग दाहालले गुनासो गरेका थिए । ओलीले यो विषयमा आफू अत्यन्तै निर्मम भएर जाने भन्दै भ्रष्टाचार गरेको प्रमाण भेटियो भने मन्त्रीलाई पनि नछाड्ने बताएका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

Facebook Comments